दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

राजविराज : मङ्गलबार १५ मिनेटभित्र सप्तरीका दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित हनुमाननगर कंकालिनी र सप्तकोशी नगरपालिकाका एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

वैशाख १७ गते ज्वरो आएपछि धरानस्थित प्रतिष्ठानमा स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखा परेका हनुमाननगर कंकालिनी–२ निवासी हनुमाननगर बजार बस्ने ४२ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । त्यस्को १५ मिनेटमा सप्तकोशी नगरपालिका–१ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो आइ स्वासप्रश्वासमा समस्या भएपछि उनी गत वैशाख ८ गतेदेखि धरानमा भर्ना थिए ।

योसहित ६ दिनको अवधिमा सप्तरीका ४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित ४ जनासहित सप्तरीमा हालसम्म ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

शव व्यवस्थापनको लागि समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.