दाङमा कोरोनाबाट थप एकजना पुरुषको मृत्यु
दाङ : दाङमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बुधबार घोराही उपमहानगरपालिका १५ निवासी ६५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई वैशाख १७ गतेदेखि कोरोना अस्पतालको एचडियुमा राखेर उपचार हुँदै आएको थियो । उनमा कोरोना संक्रमणसँगै निमोनिया देखिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । दाङमा योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ ।