बराहक्षेत्रमा ५० बेडको आइसोलेसन संचालनमा : मेयर चढ्ने गाडी एम्बुलेन्स

बराहक्षेत्रमा ५० बेडको आइसोलेसन संचालनमा : मेयर चढ्ने गाडी एम्बुलेन्स

धरान : कोरोना संक्रमितको उपचारका लागि सुनसरीको बराहक्षेत्र नगरपालिकामा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ।

बराहक्षेत्र नगरपालिकाले स्थानीय सप्तकोसी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। 

माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले  बराहक्षेत्रमा ५० बडको आइसोलेसन सञ्चालनमा ल्याइएको मेयर निलम खनालले जानकारी दिए। 

आइसोलेसनमा नगरपालिकाले संक्रमित बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरिएको उनले बताए। आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने पनि मेयर खनालले बताए। उनले कोरोना संक्रमितको उपचारका लागि आफूले चलाउदै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन्। 

‘जनता रोगले छटपटाउँदा हामी गाडीमा चढेर हिँड्न नैतिक रुपमा पनि मिल्दैन’, उनले भने, ‘मैले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा संक्रमित बोक्न प्रयोग गरिने छ।’ 

आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ। 

गाउँमै आइसोलेसन सञ्चालनमा आए पश्चात बराहक्षेत्रका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ। सुनसरीमा बराहक्षेत्र नगरपालिकाले पहिलो पटक आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो।

इटहरी नगरपालिकाले पनि इटहरी रंगाशालामा ५० बेडको आइसोलेसन संचालनको तयारी गरेको उपमेयर लक्षमी गौतमले जानकारी दिएकी छिन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.