कोरोना कहालीको अर्को आख्यान

कोरोना कहालीको अर्को आख्यान

संसारभर कोरोना भाईरस (कोभिड १९) दोस्रो लहरको भय उत्कर्षमा छ। सन् २०१९ डिसेम्बरमा छिमेकी मित्रराष्ट्र चीनको वुहानलाई इपिसेन्टर बनाएर प्रकट यस प्रकोपको पहिलो लहरले आम विश्व र विशेषत युरोप तथा पश्चिमा राष्ट्रहरू निकै ग्रस्त्र, कोलाहल अनि कुजिए। हाल दक्षिण एसियासमेत अति आक्रान्त छ। विश्वव्यापी रूपमा कतै लकडाउन तथा कतै अन्य खालका निषेधाज्ञाले शून्यता, सन्नाटा र सन्त्रास व्याप्त छ।

आधुनिकताको नाममा आडम्बर भित्रको पश्चिमाको खोक्रोपनालाई सर्वांग उदांगो बनाइदियो। पश्चिमाले हामीमा देख्ने कतिपय अव्यवस्था अन्य विविध पक्षले वैज्ञानिक छन्। पूर्वीय सभ्यता र प्रचलन हरेक हिसाबले वैज्ञानिक थियो भन्ने सन्देशसमेत विश्वव्यापी बनेको कोरोनाले दिएको छ।

नियमित अद्यावधिक गरिएका तथ्यांक तथा पछिल्ला सर्वेक्षणअनुसार अफ्रिका र एसियाका केही देशहरूमा तुलनात्मक कम संक्रमण देखिन्छ तर अवस्था नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन। यद्यपि आतंकित हुनुभन्दा संयमित बन्दै सचेत भएर सावधानीका उपायहरू अवलम्बन गर्दा यसबाट बच्न सहज नै देखिन्छ। अहिलेको अवस्थामा हदैसम्मका प्रयासहरू प्रयोग गरेर यसको रोकथाम गर्न उच्च कौशलता देखाउनु नै बुद्घिमतापूर्ण कार्य हुनेछ। तर यस तवरका संकटलाई अत्यन्तै नयाँ तथा मानवीय कल्पना वा अनुभव बाहिरको विषय मान्नुपर्ने स्थिति चाहिँ छैन। यो विपत् विगतमा भोग्दै आएका आदि र अधिक असहजताको अर्को एउटा नयाँ संस्करण मात्र हो।

नयाँ संस्करण
विविध खालका यस्ता भाईरस सन्त्रास विश्वले विगतमा समेत यदाकदा बेहोर्दै आएको छ। सन् १९९० आसपासमा एड्स, २००१ मा एन्थ्राक्स, २००३ को सार्स, २००५ मा बर्डफ्लू, २००९ को स्वाईनफ्लू, २०१४ मा इबोला, २०१६ को जीकालगायतका जीवाणु संक्रमणहरू यसका अनवरत साक्षी हुन्। यी भाइरसहरू अलिक क्षेत्रगत थिए। अहिले विश्वव्यापी रूपमा एकैपटक आतंक नै सृजना गरेको छ। विगतका अधिकांश ती संक्रमणका पनि लक्षण र विशेषता भने समान थिए।

यस प्रकारका विपत् र महामारी नियमित तथा स्वचालित प्राकृतिक प्राक्थन हुने कुरा थोमस रोबर्ट माल्थसबाट प्रतिपादित विख्यात माल्थसको जनसंख्या सिद्घान्तमा पनि उल्लेखित छ। लेखक डीन कोट्झको उपन्यास ‘दी आईज अफ डार्कनेस’ (सन् १९८१) मा वुहानलाई केन्द्र बनाएर ‘वुहान–४००’ नामक भाइरसको भयावह संक्रमणको अनुमान गरिएको थियो। क्लेयर नर्थको पुस्तक ‘दी एन्ड अफ द डे’ (२०१७) मा पनि यस प्रकारको आँकलन गरिएको छ। आणविक तथा परमाणु कोशिका अध्ययनसम्बन्धी अनुसन्धानहरूले देखाएअनुसार कुनै न कुनै बिन्दुमा यस प्रकारका महामारी संसारभर फैलिएका छन् र हायलकायल बनाएका छन्।

प्राचीन दार्शनिक सोफोक्लिसको हृदयविदारक कृति ‘इडिपक्स रेक्स’मा राजा इडिपसको राज्यरोहण लगत्तै क्रूर महामारीबाट अधिक मानिस हताहतिको दर्दनाक सन्दर्भ उल्लेख छ। बिसांै शताब्दीमा अल्बर्ट क्यामुको ‘द प्लेग’ नामक कृतिमा यसको कारुणिक व्याख्या छ। इतिहासका अन्य कालखण्डमा पनि यस्ता कालजयी विध्वंश भए तर तिनिहरूको वैज्ञानिक र प्रयोगशाला परीक्षण सम्भव नभएका कारण छुट्टाछुट्टै पहिचान भएन। सञ्चार उद्योगको आक्रमक बिस्तार नभएका कारण आममानिससम्म सूचनासमेत पुगेनन्। इतिहासमा तिनिहरूलाई महामारी अथवा हैजा भनेर उल्लेख गरिएका उदाहरणहरू प्रशस्त छन्। केही इतिहासकारबाट १८३० र १९२० सालमा नेपालमा समेत त्यस्ता घटना भएको लेखिएका छन्।

तसर्थ मानवीय अथवा प्राकृतिक कारणले यस्ता सम्भावनाहरू नियमित चक्र नै हुन्। यसबाट बच्न सावधानी र रोकथामका पूर्वतयारी नै प्रमुख सार्थकता हो। सरकारले गरेको सतर्कर्ता क्रियाकलापलाई सबैले सहयोग र समर्थन गर्नुपर्छ। स्थिति काबुबाहिर गएमा कुनै पनि निकाय फङ्सनल नहुन सक्छ। ‘आफू सुरक्षित त जगत् सुरक्षित’ भन्ने आधार सत्यलाई आत्मसात गर्नुपर्छ। चीनले यस महामारी नियन्त्रणमा सफलता पाउन अपनाएको पद्घतिबाट शिक्षा लिनुपर्छ। सतर्क, सचेत र संयमित रहँदै यसलाई परास्त गर्नुपर्छ। आफू त्यसरी नै तयार हुनुपर्छ र अरूलाई पनि सघाउनु पर्छ। यद्यपि समाचार, बहस र विश्लेषणमा केवल विज्ञान, स्वास्थ्य, जैविक हताहति तथा रोगका आधारमा मात्र कोरोनाको विषयलाई संकुचित गर्नु हँुदैन। कोरोना सन्त्रासले प्राचीन पूर्वीय सभ्यताको सशक्तीकरण उन्मुख नयाँ सामाजिक आख्यान निर्माण गर्दैछ।

नयाँ सामाजिक आख्यान
सञ्चारलाई आजको युगको एक बरदान र मानव आविस्कारको उच्चतम उचाई मानिन्छ। तर त्रासदिको यस समयमा आएका अनेक रूपका सूचना आतंक (इन्फोडेमिक्स)ले आममानिसलाई झन् त्रसित बनाएका र अधिक भय सृजना गरेकाले यसलाई रोक्नुपर्छ। गलत सूचना वा अफवाह सूचनाको अभावभन्दा बढी हानिकारक हुन्छ भन्ने सन्देश दिएको छ।

यस महामारीले विश्व शक्ति मापनको सूचाकांकलाई पूर्ण परिवर्तन गरिदिएको छ। हुन त लेखक जोसेफ एस न्येले पुस्तक ‘सफ्ट पावर ः द मिन्स टु सक्सेस इन वल्र्ड पोलिटिक्स’बाट नै यसको उद्घोष गर्नुभएको थियो। तर अहिले आएर संसारले राम्रोसँग बुझ्दैछ कि शक्ति भनेको हतियार, लडाकु अनि युद्घपोत हैन। संसारका शक्तिशाली भनेर अहंकार तथा अभिमान उत्सर्जन गर्ने राष्ट्रहरूका सामु आज एउटा यक्ष प्रश्न एकदमै पेचिलो भएको छ। के काम लाग्यो उनीहरूको आणविक हतियार, अणुबम, परमाणुको सञ्चय, रसायनिक भट्टीहरू, लामो दूरीसम्म मार हान्ने क्षेप्यास्त्र, बिजीकिरणीय तोप, विविध प्रकारका सैन्य तालिम अन्य युद्घका सशक्त बन्दोबस्तीहरू ?

अधिकांश राष्ट्रले बजेटको ठुलो हिस्सा खर्च गरेर पाएका ती सब कथित उपलब्धिहरू आज लाचार बन्दैछन्। आफ्नो क्षमता प्रमाणित गर्न कसैले युद्घ वा लडाइँमा जानु पर्दैन। अरूलाई जित्नु होइन, आफैंलाई व्यवस्थापन गर्न सक्नु चाहिँ उच्चतम पक्ष र विशाल सफलता हो। महामारीले महानता साथ सबैलाई आत्मसात गर्न बाध्य बनाइदियो। वैदिक दर्शनमा व्याख्या गरिएका अहिंसा तथा आरोग्यता सबैभन्दा प्रमुख पक्षहरू हुन्। स्वास्थ्य बहुमूल्य धन हो। प्रकृतिमाथि प्रभाव र विजय सम्भव छैन। प्रकृति, जीवदेखि लिएर खोलानाला, वनस्पति र जनावरसम्मलाई पूजाआराधनाको पूर्वीय सनातन चिन्तन तथा व्यवहारको वैज्ञानिक आधार अहिले संसारसामु प्रस्ट भयो। जीवन संस्कारमा प्राचीन पूर्वीय दर्शनको विराट महŒव अब आएर विश्वभर उजागृत बन्यो। अल्पज्ञानी आधुनिक समाजले रुढीवाद महसुस गर्ने गला अथवा हात मिलाउनु सट्टा नमस्ते गर्नु, निश्चित दूरीमा आवास बनाएर बस्नु, बाहिरफेर गएर आएपछि अर्को लुगा लगाउनु, खान बस्दा लुगा फेरेर बस्नु भन्नेजस्ता व्यवहारको ज्वजल्यमान उज्यालोपना अब चित्रित भयो।

एसिया गरिब र फोहोरीहरूको महादेश हो। रुघा, खोकी, हैजा र महामारी भनेका कुराहरू एसियन र अफ्रिकनहरूका पेवा हुन् भन्ने विवेकहीन र आडम्बरपूर्ण पश्चिमा दम्भ निरन्तर प्रस्फुटित हुन्थ्यो। केही संख्यामा पश्चिमा लेखक तथा सर्जकहरूको लेखकीय व्यस्तता एसिया र अफ्रिकाका मानिसलाई असभ्य, जंगली, अमानवीय, अविकसित तथा घृणायोग्य देखाउनेमा केन्द्रित थियो। त्यहाँ बसोबास गर्ने मानिसले उनीहरूको जस्तो जीवनचर्या अवलम्बन गरेर आफूलाई विकसित र सभ्य बनाउनुपर्ने दबाबमूलक सन्देश विचरण गर्दथे। कोरोना महामारीले पूर्वाग्रही ज्ञान उत्पादनमार्पmत हिंसा प्रवद्र्धनको उपाय अपनाउनेहरूलाई कठोर प्रत्युत्तरसमेत दिएको छ।

थुक, खकार तथा पिसाब मिसिएका स्वीमिङ पुलमा नुहाउने, शौचालय गएपछि कागजले पुछ्ने, दालभात तरकारी अचारको सट्टा पाउरोटी टोक्ने, तुलसीको बोटमा बात्ती बाल्ने सट्टा प्लास्टिकको रुखमा बिजुलीको बल्ब झुन्डाउने, घरभित्र चर्पी बनाउने कुरा वैज्ञानिक दरिद्रताका स्वरूप रहेछन् भन्ने प्रमाणित भएको छ अहिले। आधुनिकताको नाममा आडम्बर भित्रको पश्चिमाको खोक्रोपनालाई सर्वांग उदांगो बनाइदियो। पूर्वीय सभ्यता र प्रचलन हरेक हिसाबले वैज्ञानिक थियो भन्ने सन्देशसमेत दिएको छ। सहरले सुरक्षाको विश्वास दिनसक्ने रहेछन् भन्ने पनि प्रस्ट भयो।

फेसन, मनोरन्जन, प्रविधि, सवारी, पर्यटनजस्ता उद्योगहरू धरासायीउन्मुख छन्। कृषि सबैभन्दा प्रधान आधार, प्रमुख आवश्यकता तथा पहिलो प्राथमिकता हो भन्ने सत्य एकपटक पुनप्र्रमाणित हुँदैछ। लेखक पर्ल एस वकको कृति ‘द गुड अर्थ’को सन्देशको महŒव झन् विचरणीय बन्दैछ। योग, ध्यान, विश्राम चाहिँ जीवनका प्रमुख लयहरू हुन् भन्ने पनि स्थापित हुँदैछ। विकसित भनेको वैज्ञानिक हुनु हो। पश्चिमाले हामीमा देख्ने कतिपय अव्यवस्था अन्य विविध पक्षले वैज्ञानिक छन्। त्यसैले हामी उनीहरूभन्दा विकसित छौं भन्ने ज्ञानलाई आत्मसात गर्ने र विश्वव्यापी बनाउने सुर्वण अवसर आएको छ।

स्व–केन्द्रित पुँजीवादभन्दा समाजकेन्द्रित सहकार्यका अभ्यासको आभास महसुस गरायो। अरूलाई कत्लेआम गरेर जित्नुभन्दा बाँच्न पाउनु र बचाउन सहयोग गर्नुमा स्वर्गीय सौभाग्य रहन्छ भन्ने बोध गराएको छ विश्वव्यापी बनेको कोरोना संक्रमणले। तसर्थ कोरोनामाथिका बहस र आख्यानमा ज्ञान विनिर्माणको नयाँ आयामलाई नजरअन्दाज गर्न सकिँदैन र गर्नुहुँदैन पनि।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.