दाङमा कोरोनाबाट थप चारजनाको मृत्यु, मृतकको संख्या ९८ पुग्यो
दाङ : दाङको बेलझुण्डीमा रहेको राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा गएको २४ घण्टामा चारजना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि विभिन्न समयमा अस्पतालमा ल्याइ उपचाररत चारजना संक्रमितको मृत्यु भएको हो ।
अस्पतालका व्यवस्थापक दोर्णबहादुर ओलीका अनुसार घोराहीका २ जना बबई गाउँपालिकाका १ वजा र तुलसीपुरका एकजनाको उपचारको क्रममा निधन भएको छ ।
घोराही उपमहानगरपालिका १२ निवासी ७५ वर्षीय पुरुषको शनिबार साँझ ७ बजेतिर मृत्यु भएको हो ।
उनी वैशाख २५ गते अस्प्तालमा एचडियुमा उपचाररत थिए । उनमा कोरोना संक्रमणसँगै निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । त्यस्तै घोराही १८ निवासी ५५ वर्षीय पुरुषको शनिबार साँझ ७ बजेतिर निधन भएको हो ।
उनी वैशाख २२ गतेदेखि आइसीयूमा उपचाररत थिए । उनमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । तुलसीपुर उपमहामनगरपालिका ५ निवासी ६७ वर्षीय पुरुषको शनिबार बिहान साढे १ बजेतिर निधन भएको हो ।
वैशाख २० गतेदेखि एचडियुमा उपचाररत उनमा निमोनिया पनि संक्रमण थियो । त्यसैगरी बबई गाउँपालिकाका ४ की २७ वर्षीय महिनाको आइतबार बिहान साढे १२ बजे मृत्यु भएको छ ।
पछिल्लो समय जिल्लामा मत्यु हुनेको संख्या दैनिक बढ्दै गएको छ । अहिलेसम्ममा दाङमा ९८ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।