पद बहालीपछि प्रधानमन्त्रीले भने- भ्रष्टाचार र अनियमितता सह्‍य छैन

पद बहालीपछि प्रधानमन्त्रीले भने- भ्रष्टाचार र अनियमितता सह्‍य छैन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार र अनुचित लाभ लिने कार्य सह्य नभएको बताएका छन्। शुक्रबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद बहालीपछि बोल्दै ओलीले महामारीको रोकथाममा लाग्नुपर्ने समयमा सरकारका राम्रो काम नदेख्ने र अनियमितता गर्ने प्रवृत्ति उचित नभएको भन्दै यस्तो बताएका हुन्। 

तेस्रो कार्यकालका लागि शपथग्रहणपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद बहाली गर्दै उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे। 

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए। 

‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन’, उनले भने, ‘कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन। सरकारले कडाइका साथ कारवाही गर्नेछ।’

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न आग्रह गरेका छन्। 

ओलीले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन  आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त  भएका हुन्।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.