२४ घण्टामा २०३ संक्रमितको मृत्यु : ६ हजार १३५ ले जिते कोरोना

२४ घण्टामा २०३ संक्रमितको मृत्यु : ६ हजार १३५ ले जिते कोरोना

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ। 

मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका छन्। योसँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। 

२४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन्। 

काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ४२ हजार नाघेको छ । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र संक्रमितको संख्या ४२ हजार चार सय ४ पुगेको हो । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३० हजार ४५२, ललितपुरमा ७ हजार ६१ र भक्तपुरमा चार हजार ८९१ सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म काठमाडौंमा एक लाख ५८ हजार ९९१ मा कोरोना पुष्टि भएकोमा एक लाख २७ हजार ४८४ संक्रमित निको भएका छन् भने १ हजार ५५ जनाको मृत्यु भएको छ । 

यस्तै २६ हजार ८८३ संक्रमण पुष्टि भएको ललितपुरमा १९ हजार ५३९ निको भएका छन् भने २८३ जनाको मृत्यु भएको छ । सँगै भक्तपुरमा १५ हजार ९०३ जनामा संक्रमण पुष्टि हुँदा १० हजार ८०३ ले कोरोना जितेका छन् भने २०९ जनाको कोरोनाले ज्यान लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.