मदन आश्रित सम्झँदै नेता

मदन आश्रित सम्झँदै नेता

काठमाडौं : जेठ ३ गते मदन आश्रित स्मृति दिवस। २८ वर्षअघि २०५० जेठ ३ मा रहस्यमय दासढुंगा दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। नेपाल राष्ट्र र नेपाली जनताका लागि जननेता भण्डारीको योगदान दूरगामी मह त्त्वका र अतुलनीय छन्।

 भण्डारीले नेपाली समाजको ऐतिहासिक विकास क्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय  कम्युनिस्ट आन्दोलनका अनुभवको गहन अध्ययन एवं समीक्षा गरेर जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए। आज एमालेको मार्गदर्शक सिद्धान्त नै जबज रहेको छ। 

 जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर २०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा गठन भएका थियो। तर त्यो एकता तीन वर्ष पनि टिकेन।  

नेताहरूको अहम र स्वार्थको कारण नेपालका कम्युनिस्ट एकताले दीर्घजीवी हुन नसकेको देखिन्छ। जननेता भण्डारीले प्रतिपादन गरेका जनता बहुदलीय जनवाद (जबज)कै कारण एमाले नेपालको सबैभन्दा ठूला कम्युनिस्ट पार्टी मात्र नभई सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो।

कम्युनिस्ट एकताको मदन आश्रित्र स्मृति दिवसको साइतलाई स्वीकार गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो दिनको स्मरण गरेनन्। उनले आफू नेपालको अर्को मदन भण्डारीसमेत भन्न भ्याएका थिए। दाहालले ओलीप्रति कटाक्ष गर्दै भनेका थिए, ‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, 

अर्को मदन भण्डारी भेटियो। पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए। अनि जालझेल सुरु गरे।’ आफू तत्कालीन नेकपाको मदन भण्डारी दाबी गर्ने नेताले नेकपा एकता भएको मदन आश्रितको स्मृति दिवस बिर्सिए।  

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको दाबी त गरे। उनले पनि एकता बचाउन सकेनन्। प्रधानमन्त्री ओलीले तीन वर्ष अघि मदन आश्रित स्मृति दिवसकै दिन एमाले र माओवादी  केन्द्रबीचको एकीकरणलाई सम्झँदै कतिपय नेताहरूको विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका  कारण एकीकरण अभियान निष्कर्षमा पुग्न नसकेको बताए। 

‘समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको 

‘च्याम्पियन’ बनाउने हाम्रो इमानदार प्रयास थियो। तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन’, उनले  भनेका छन्। 

उनले एमाले उक्त एकीकरणको विरासतलाई अगाडि  बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको बताउँदै भने,‘ कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसंकल्पित छौं।’ एमाले अध्यक्ष ओलीले मदन आश्रति स्मृति दिवसमा जबजको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने संकल्प गरेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्षले यसै अवसरमा प्रेस वक्तव्य जारी गर्दै अधिकार प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियताको संवद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रूपमा क्रियाशील रहने बताउँदै यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिको रूपमा स्थापित गर्ने उनको वक्तव्यमा उल्लेख छ।  

एमाले नेता माधवकुमार नेपालले मदन आश्रितको हत्याको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई माग गरेका छन्। एमालेको १५औं महासचिव भएका नेता नेपालले उनीहरूको योगदानको स्मरण गर्दै भनेका छन्, ‘जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन। घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ। त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु।’ उनले  एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरूप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने बताए । 

एमाले नेता वामदेव गौतमले पार्टीभित्र विखण्डन र विसर्जन पथ हावी हुन खोजेको टिप्पणी गरेका छन्।

मदन–आश्रित स्मृति दिवसको अवसरमा गौतमले भने, ‘ मदन र  आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो। तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र बिसर्जन पथ हावी हुन खोज्दैछ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.