ओखलढुंगामा थप दुई संक्रमितको मृत्यु, मृतकको संख्या ५ पुग्यो

ओखलढुंगामा थप दुई संक्रमितको मृत्यु, मृतकको संख्या ५ पुग्यो

ओखलढुंगा : ओखलढुंगामा शनिबार बिहान कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ। ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा उपचाररत संक्रमितको बिहान ७:२० मिनेटमा मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताए। 

मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका - २ का ४५ वर्षीय पुरुष र सिद्धिचरण नगरपालिका -६ का ५८ वर्षीय पुरुष रहेका छन्। खिजीदेम्वाका पुरुषमा कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि अस्पताल आएका थिए भने सिद्धिचरणका पुरुष बुधबार अस्पतालमा आएर जाँच गर्दा कोरोना देखिएको थियो।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। एक जना भने सोलुबाट उपचारका लागि अस्पताल आएका व्यक्ति हुन्। जिल्लामा भेन्टिलेटरसहितको उपचार सेवा नभएकाले सघन उपचारका लागि विरामी हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। तीनजना संक्रमितको उपचारका लागि आफन्तले हेलिकोप्टर चार्टर गरेर सुविधासम्पन्न अस्पताल पुर्‍याएका छन्। 

जिल्लामा हालसम्म ५ सय ६८ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये २४ जना अस्पताल र अन्य घरैमा बसेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.