गणतन्त्र दिवसमा दाङबाट १७ कैदी रिहा

गणतन्त्र दिवसमा दाङबाट १७ कैदी रिहा

दाङ : सरकारले गणतन्त्र दिवसको अवसरमा  दाङका १७ जना कैदीको कैद  मिनाह गरेको छ। यहाँका १७ जना सहित देशभरबाट चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाह भएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी भएको हो।

 दाङबाट भएका १७ जना कैन्दीमा तुलसीपुर कारागार र घोराही कारागारका रहेका छन्। तुलसीपुर कारागाबारबाट दुई महिलासहित १२ जना कैदी बन्दी रिहा भएको जेलर युवराज परियारले जानकारी दिए। कर्तव्य ज्यान मुद्दाका ८ , सवारी ज्यान मुद्धाका २, ज्यानमार्ने उद्योग र कुटपिट गरी व्यक्ति बेपत्ता पारेको अभियोगका १÷१ जनाको कैद मिनाह गरिएको हो।

यस्तै घोराहीमा कर्तव्य ज्यान,  सवारी ज्यान र चोरी मुद्दाका ५ जनाको कैद मिनाह गरिएको जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए। घोराहीमा अब अहिले ३०८ कैदीबन्दी रहेका छन् भने तुलसीपुरमा २७ महिला र ६ बालबालिकासहित ४७८ जना कैदी बन्दी रहेका छन्।

जिल्लामा गतवर्षको तुलनामा यसवर्ष कैदीबन्दीको संख्या बढेको देखिएको छ। सरकारले विभिन्न दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचरण भएका कैदी बन्दीलाई बाँकी कैद मिनाह गरिदिने गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.