कोरोना संक्रमितमाथि वीपी प्रतिष्ठानको लापरवाही: उपचार नपाएर घरमै मर्छन् बिरामी

कोरोना संक्रमितमाथि वीपी प्रतिष्ठानको लापरवाही: उपचार नपाएर घरमै मर्छन् बिरामी

धरान: सरकारले देशभरका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचार प्रभावकारी बनाउन  निर्देशन दिएको भए पनि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने संक्रमितको उपचारमा चरम लापरवाही गर्ने गरेको आरोप पीडितहरुको छ ।

प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण कोभिड अस्पतालमा उपचारको लागि आउने सबै विरामीलाई भर्ना नगर्दा सयौँ विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् । अस्पतालले भर्ना नलिएपछि धरानमा संक्रमितहरुको घरमै मृत्यु हुन थालेको छ ।

संघीय सरकारको आर्थिक सहयोगमा वर्ष दिनअघि प्रतिष्ठान हाताभित्र सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । सय बेडको कोभिड अस्पताल भने पनि प्रतिष्ठान व्यवस्थापन पक्षको लापरवाहीका कारण ५० भन्दा बढी विरामी भर्ना गरिएको छैन ।

कोरेनाको दोस्रो लहरमा सुनसरीमा एकसय २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये धरान उपमहानगरपालिकाका चारजना संक्रमितको उपचार नपाएर घरमै मृत्यु भएको छ । वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमितको उपचारको दाहेरा नबढाएका कारण उपचार नपाएर चारजनाको होम आइसोलेशनमै रहेको अवस्थामा दुःखद निधन भएको धरानका मेयर तिलक राईले बताए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा आईसीयू, एसडियू, र भेण्टिलेटर बेड समेत व्यवस्थापन नगर्दा विरामी भर्नामा गम्भीर समस्या भएको छ । प्रतिष्ठानमा दैनिक उपचारका लागिआउने कोरोना संक्रमित विरामीहरुलाई चिकित्सकहरुले बेड अभाव भएको भन्दै भर्ना गर्न अस्विकार गर्ने गरेका छन् ।

प्रतिष्ठानले संक्रमितहरुलाई उपचारका लागि भर्ना नलिँदा धरानका धेरै संक्रमितहरु बाध्य भएर घरमै बस्नु परेको मेयर राईले बताए । कोभिड उपचार प्रभावकारी बनाउन वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पटक–अनुरोध गर्दा समेत वास्ता नगरेको मेयर राईको आरोप छ ।

दोस्रो लहरको कोरोनाका कारण धरान उपमहानगरपालिकामा मात्र ३३ जना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्पतालमा संक्रमितको उपचार चित्त बुझ्दो नभएको ससूरा गुमाएका धरान १५ का अईन्द्रविक्रम बेघाले बताए । 
अस्पतालमा खटिएका चिकित्सकहरुले संक्रमितको उपचार राम्रोसँग गर्ने भए पनि व्यवस्थापन पक्षले आवश्यक श्रोत साधन नदिएका कारण संक्रमितहरुको उपचार प्रभावकारी नभएको उनको गुनासो छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १५ वटा भेण्टिलेटर भएको बताइए पनि हाल चारवटा मात्र सञ्चालनमा छन् । कोभिड अस्पतालमा रहेका आठ भेण्टिलेटर मध्य तीनवटा विग्रएको र एउटा डा. दिव्यराज मिश्रले पल्मुनोलोजी विभागमा जडान गरेको प्रतिष्ठानकै एक चिकित्सकले बताए ।

प्रतिष्ठानमा धरान, इटहरी, इनरुवाबाट दैनिक धेरै विरामी उपचारका लागि आउने गरेका छन् । यसका अतिरिक्त मोरङ, उदयपुर, धनकुटा, तेह्रथुम र झापाबाट समेत संक्रमित विरामी प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानको कोभिड अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र मल्लले गत साल सय बेडको कोभिड अस्पताल सञ्चालनमा आए पनि यसपटक ७० जना सम्मको मात्र उपचार गरिँदै आएकाले सबै विरामीलाई भर्ना गर्न नसकिएको बताए । उनले कोभिड अस्पतालमा खटिएका सबै स्वास्थ्यकर्मीहरुले विरामीको राम्रोसँग उपचार गरिरहेको जानकारी दिएका छन् ।

धरानमा विजयपुर अस्पतालले पनि १५ बेडको छुट्टै कोभिड उपचार सेवा सुरु गरेको छ । तर, संक्रमित विरामीलाई चाहिने अक्सिजन प्रयाप्त रुपमा उपलब्ध नहुँदा विरामीको उपचारमा गम्भीर समस्या परेको अस्पताल निर्देशक प्रभाव खतिवडाले बताए ।

सुनसरीमा कोरोना संक्रमितको संख्या  ५ हजार ५ सय ५७ पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जसमध्ये २ हजार तीन सय ५८ जना निको भइसकेको जानकारी दिएका छन् । वीपी प्रतिष्ठानका सहायक प्रवक्ता चुडामणि पोखरेलले  सय बेडमा मिर्गौला, सर्जरी र बालबालिका विरामीहरुलाई समेत बेड छुट्याएर पूर्व तयारी गरिएकाले अन्य कोरोना संक्रमित विरामीहरुलाई भर्ना गर्न समस्या भएको बताए । उनले पल्मुनोलोजी विभागमा जडान गरेका भ्यानिटलेटर तत्काल कोभिड अस्पतालमा सारिने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.