प्रदेश प्रमुखलाई भेटेर प्रतिपक्षीले भन्यो - चोरबाटोबाट बजेट नल्याइयोस्

प्रदेश प्रमुखलाई भेटेर प्रतिपक्षीले भन्यो - चोरबाटोबाट बजेट नल्याइयोस्

विराटनगर : संघीय सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि प्रदेशमा पनि पूर्व छलफल नगरी बजेट आउने आशंका प्रतिपक्षी दलले गरेका छन् । आइतबार बिहान प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ सँग प्रतिपक्षी दलका नेताहरुले भेटेर प्रदेशसभा नियमावली र प्रदेश आर्थिक नियमावली अनुसार पूर्व बजेट छलफलबाट मात्रै प्रदेशको बजेट ल्याउनुपर्ने बताए । 

‘सरकारलाई प्रदेश सभाबाट बजेट ल्याउने वातावरण बनाउन माग हामीले प्रमुखसँग माग गरेका हौँ,’ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने ‘चोरबाटोबाट बजेट ल्याउन पाइदैन।’

संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई संविधानको पालना, सचेत गराउन, प्रदेश प्रमुखलाई जानकारी गराईएको कोइराला बताउँछन् । बिहान झण्डै १ घण्टा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई, माओवादी केन्द्रका सांसदहरु विजय विस्वास र कुशल लिम्बु तथा जसपा संसदीय दलका नेता जयराम यादव सहभागी थिए ।

संविधानको पालना गराउने दायित्व प्रदेश प्रमुखको भएको कारण पनि प्रमुखसँग भेट गरिएको जसपाका संसदीय दलका नेता जयराम यादवले बताए । ‘प्रदेश प्रमुखले नै संविधान र ऐन नियमको परिपालना गराउने भएकोले पहिले हामीले उहाँलाई भेटेर आग्रह गरेका हौँ,’ उनले भने । महामारीको बेलामा सरकारले प्रदेश सभाबाट नै बजेट ल्याइ सांसदको भावनाको कदर गर्नु पर्ने प्रतिपक्षी दलको माग छ ।  

असार १ गते बजेट ल्याउनु पर्नेमा अहिलेसम्म बजेट अधिवेशन नबोलाएको, पूर्व बजेट छलफल नीति तथा कार्यक्रम ल्याउन चासो नदिएको, कोभिड नियन्त्रणमा कुनैपनि दलसँग समन्वय नगरेको विषयमा समेत दलहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.