मुस्ताङमा ४४ प्रतिशत संक्रमितले जिते कोरोना

मुस्ताङमा ४४ प्रतिशत संक्रमितले जिते कोरोना

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा ४३ प्रतिशत व्यक्ति कोरोनामुक्त भएका छन्। 

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार शनिबारसम्म ३ सय ३६ जना कोरोना संक्रमित मध्ये  १ सय ३६ जना व्यक्ति कोरोना मुक्त भएका हुन्।

कार्यालयका अनुसार जेठ १५ गते देखि वैशाख १५ गतेसम्ममा मुस्ताङको थासाङमा १ सय २ संक्रमितमध्ये २२, घरपझोङमा ८६ संक्रमित मध्ये ५५ र वारागुङ मुक्तिक्षेत्रमा  १ सय ३७ संक्रमित मध्ये ६६ जना कोरोनामुक्त हुन्।

यस्तै, लोमान्थाङमा ११ जना कोरोना संक्रमित छन् भने लोघेकर दामोदरकुण्ड गापामा संक्रमितको संख्या सून्य छ।

मुस्ताङको घरपझोङमा २७ जना, थासाङमा ७७, वारागुङ मुक्तिक्षेत्रमा ७५ र लोमान्थाङ गाउँपालिकाका ११ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए।

मुस्ताङमा संक्रमितमध्ये १ सय ४० जना व्यक्ति होम आइसोलेसनमा छन् भने  २० जना संक्रमित जिल्ला अस्पताल तथा स्थानीय तहका कोभिड आइसोलेसनमा रहेको कार्यालय प्रमुख भण्डारीले उल्लेख गरे। उनका अनुसार मुस्ताङबाट कोरोना संक्रमितको थप उपचारका लागि २२ जनालाई पोखरा पठाइएको छ भने शनिबारसम्म ११ जना व्यक्तिले ज्यान गुमाएका छन्। 

मुस्ताङको घरपझोङमा ४, वारागुङ मुक्तिक्षेत्रमा ४ र थासाङ गाउँपालिकामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ।

मुस्ताङमा हालसम्म १ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३ जना र  १ हजार २ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३२ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।

स्वास्थ्य कार्यालय मुस्ताङले अघिल्लो हप्ता संक्रमितको संख्या ह्वात्तै बढे पनि क्रमशः नियन्त्रणमा आइसकेको दाबी गरेको छ। पछिल्लो समय मुस्ताङमा संक्रमित भन्दा निको हुनेको संख्य बढेको छ। 

मुस्ताङमा स्थानीय प्रशासनले कोरोना संक्रमण फैलिन नदिनका लागि वैशाख ३१ गतेदेखि निषेधआज्ञा जारी राखेको छ। 

मुस्ताङमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि विदेशमा बस्ने मुस्ताङीको आर्थिक सहयोगमा प्राइभेट मेडिकल टिम झिकाएर कोरोना परीक्षण गरिएको थियो। उनीहरुले स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री, अक्सिजन कल्सन्ट्रेटर र अक्सिन उपलब्ध गराएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.