राष्ट्रियसभा उपनिर्वाचन : २ सय ९७ मत खस्यो,आजै नतिजा आउने
दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि कुल ३ सय मतदातामध्ये अहिलेसम्म २ सय ९७ मत खसेको छ । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । नेपालगन्ज उपमहानगरका नगर प्रमुख,नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न अहिलेसम्म नआएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ ।
सोमबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने जनाइको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि तीनवटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन भएको हो। माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए। खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन भएको हो।
एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ।
प्रदेशसभा सदस्य ८३ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल ३०० जना मतदाताको नामावली स्वीकृत भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भएपछि मतदाताको नामावलीमा हिजो मात्रै समावेस गरिएको थियो। सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए।
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख उपनिर्वाचनमा मतदाता भएका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ। प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ। कुल मतसंख्या सात हजार ६९८ छ।