राष्ट्रियसभा उपनिर्वाचन, लुम्बिनीमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

राष्ट्रियसभा उपनिर्वाचन, लुम्बिनीमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

दाङ : राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । 

पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । 

पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् । 

खड्काले स्थानीय तह  र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन् ।  निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । 

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन्।  नेपालगन्ज उपमहानगरका नगर प्रमुख,नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.