मतपत्रको सट्टा पीसीआर रिपोर्ट !

मतपत्रको सट्टा पीसीआर रिपोर्ट !

दाङ: राष्टियसभा निर्वाचनमा एउटा अनौठो दृष्य देखियो । स्थानीय तहको उपाध्यक्षको एउटा मतमा मतपत्र गायव गरिएको छ भने त्यसका ठाउँमा कोरोना परीक्षण गरिएको रिपोर्ट खसालिएको छ ।

मतगणनामा बसेका दाङ कांग्रेसका सचिव शंकर डाँगीले मतपत्रको ठाउँमा पीसीआर रिपोर्ट  पाइएको बताए । 'एक जना गाउँपालिका उपाध्यक्षले मतपत्र लगेर पीसीआर रिपोर्ट राखेर जानु भएछ,' उनले भने ।

अल्पमतमा देखिए मुख्यमन्त्री

राष्टियसभाको उपनिर्वाचनले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको संसदको अवस्था पनि झल्किएको छ । संसदमा अल्पमतको सरकार बनाएकोमा विरोध गरिरहेका प्रतिपक्षहरुले निर्वाचनमा अल्पमतको सरकार रहेको पुष्टि गरिदिएका छन् ।

मुख्यमन्त्रीको पार्टीको उम्मेदवारले प्रदेशसभा सदस्यहरुबाट ४० मत मात्रै पाएका छन् भने विपक्षी गठबन्धनको उम्मेदवारले ४२ मत पाएका छन् । यसले मुख्यमन्त्रीको संसदमा अल्पमत प्रष्ट रुपमा देखाइदिएको छ, कांग्रेसका प्रदेश सांसद डिल्ली बहादुर चौधरील भने, 'यो निर्वाचन मात्रै नभएर मुख्यमन्त्रीका संसदीय हैसियत पनि देखाइदिएको छ ।'

प्रतिगमनलाई जवाफ

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले आफ्नो जितले प्रतिगमनलाई जवाफ दिएको बताएका छन् ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई संस्थागत गर्न बुलंद रुपमा आवाज उठाउने बताए ।

संघीयता र गणतन्त्र ओझेलमा पार्ने काम भइरहेकोमा उनले असन्तुष्टि जनाए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमप्रति संकेत गर्दै आफ्नो जित प्रतिगमनलाई जवाफ भएको बताए । आफ्नो जितलाई उनले राष्ट्रिय एकताको रूपमा बुझ्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.