सिजनमा मलका गोदाम रित्तै

सिजनमा मलका गोदाम रित्तै

दाङ : दाङमा रासायनिक मलका गोदाम भने रित्ता छन । विगत एक वर्षदेखि गोदाम भरिना पाएको छैन । सहज रुपमा आपूर्ति हुनुपर्ने रसायनिक मल माग अनुसार आपूर्ति हुन नसकेपछि मल राखेका कृषि सामग्रीका गोदाम रित्तै रहेका छन्।

हजारौं मेट्रिक टन गोदाम गर्न सकिने क्षमता भएका गोदाम घरहरु अहिले मलविना रित्ता छन् । गोदाम रित्ता हुँदा खेतीको समयमा किसानले मल पाउन सकेका छैनन । अहिले दाङमा रासायनिक मलको अभाव देखिएको छ । सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलव्ध गराउन नसक्दा अनुदानमा विक्री गरिने युरिया र डिएपी मलको अभाव भएको निकायले जनाएका छन् । 

खेतीपातीको समय सुरु हुँदा पनि सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलव्ध नगराउँदा विगतका वर्षजस्तै यसवर्ष पनि दाङमा रासायनिक मलको अभाव देखिएको हो । यो अभाव लामो समयसम्म रहेमा यस वर्ष किसानले खेतमा चाहिने आवश्यक रासायनिक मल पाउने सम्भावना कम देखिनेछ । तर कृषि सामग्री केन्द्रका अधिकारीहरुले भने माग अनुसारको आपूर्तिका लागि पहल भइरहेको र छिट्टै सहज हुने दावी गरेका छन् । मल सहकारीको माध्यमबाट किसानलाई दिने व्यवस्था गरिँदै आएको छ । 

सरकारले किसानको मागको आधारमा मल उपलव्ध गराउन नसक्दा मलको अभाव बर्सेनि अभाव हुने गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले बताए । कृषि केन्द्रले बजार मुल्य भन्दा ७० प्रतिशत सस्तोमा मल विक्रि गर्ने भएकाले मलको माग अत्याधिक हुने गरेको उनले बताए । 'किसानको माग धेरै छ तर मल आपूर्ति कम हुन्छ, उनले भने,' माग र आपूर्तिबीचको खाडल नपुरिदासम्म यो समस्या यस्तै हो ।'

थोरै मल आवश्यक हुँदा पनि कृषक कृषि केन्द्रमा आउने गरेको उनी बताउँछन् । यस वर्ष सहज गराउने गरि प्रदेश कार्यालयमा माग गरिरहेको र ढुवानीको सहज अवस्था भएका मल आपुर्ति सहज हुने बताए । 

अहिले कृषि केन्द्रमा मल पूर्णरुपमा सकिएको छ । यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्र तुलसीपुरले २ हजार ३६ दशमलव ८० मेट्रिक टन मेट्रिक्टन युरिया विक्रि गरिसकेको छ । यस्तै २ हजार ४६ मेट्रिक्टन डिएपि विक्रि गरिसकेको छ । तर दाङमा ४० हजार मेट्रिक टन वर्सेनी आबश्यक हुन्छ ।

घोराहीले १५ सय १४ मेट्रिक टन युरिया र १४ सय २ मेट्रिक टन डिएपी  मात्रै विक्रिय गरेको छ । त्यसै गरे र लमहीले एक हजार २३ मेट्रिक टन, युरियन र ११ सय २९ डिएपी विक्रि गरेको छ । तुलसीपुर शाखाले छिमेकी जिल्ला सल्यान र घोराही शाखाले रुकुम जिल्लाको आफुर्ती पनि गर्ने गरेको छ । लमही क्षेत्रमा अहिलेको मल पर्याप्त भए पनि अन्य क्षेत्रमा भने अभाव नै छ । 

जिल्लामा रहेका तिन कृषि सामाग्री शाखा कार्यालयबाट युरिया, डिएपी र पोटास गरेर ९ हजार ५ सय ४१ दशमलन ५०० मेट्रिक टन मल यस वर्ष जिल्लामा विक्रि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.