कोरोना महामारीमा मुस्ताङका किसानलाई खेतीपाती थन्क्याउने चटारो (फोटोफिचर)

कोरोना महामारीमा मुस्ताङका किसानलाई खेतीपाती थन्क्याउने चटारो (फोटोफिचर)

जोमसोम: पर्यटन र कृषि उत्पादनले प्रसिद्ध मानिएको हिमालपारिको जिल्ला मुस्ताङका किसान यतिबेला कोरोना कहरमा समेत खेतीपातीको कामकाजमा व्यस्त बनेका छन् । हिउँदेबालीका रुपमा असोज/कार्तिकमा लगाइएका जौं र उवाजस्ता अन्नबाली खेतबारीमा पाक्न थालेपछि मुस्ताङी किसानलाई जौ र उवालगायतका अन्नबाली थन्क्याउने चटारो चलेको हो । 

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो भेरियन्टसँगै ठप्प बनेको हिमाली जिल्ला मुस्ताङमा ३ सय ६८ जनामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ७५ जना संक्रमित निको भइसकेका छन् भने १३ जना व्यक्तिको कोरोनाको संक्रमणका कारण दुःखत मृत्यु भइसकेको छ । मुस्ताङमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि लगातार चौथो पटक स्थानीय प्रशासनले जेठ ३२ गतेसम्म निषेधआज्ञा जारी गरेको छ भने मुस्ताङका अधिकाश गाउँहरु बन्दाबन्दी छन् ।

मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि ठप्प रहेपनि कृषि व्यवसायमा आश्रित किसान भने खेतीपातीको काममा व्यस्त रहेको स्थानीय किसान महेन्द्र थकालीको भनाई छ । कोरोनाले बन्दाबन्दी बनेको मुस्ताङमा उवा,जौ काट्ने र थन्क्याउने चटारो चलेको उनी बताउँछन् ।

हिमाली जिल्ला मुस्ताङको थासाङ ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा बर्सेनि दुई बाली खेती हुन्छ भने उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बर्सेनि एक बाली मात्र खेतीपाती हुन्छ । मुस्ताङका किसानले असोज कार्तिक महिनामा बर्खेबाली थन्क्याएर हिउँदे बालीका रुपमा जौं ,उवा, आलु ,केराउलगायतका अन्नबाली लगाउने गर्छन् ।मुस्ताङका किसानले हिउँदेबाली थन्क्याएपछि बर्खेबालीका रुपमा मकै ,सिमी र फापर लगायतका अन्नबाली लगाउने प्रचलन छ । 

यतिखेर हिमाली जिल्ला मुस्ताङका गाउँहरु कोरोना कहरका कारण सुनसान भएपनि कृषकको खेतबारीमा भने कृषि कर्म चलिरहदा कृषि रौनकता बढेको स्थानीय अर्को किसान लक्की केमी गुरुङ बताउछन् ।गाउँघरमा कोरोना संक्रमित बढेपछि परिवारका सदस्यहरुले मात्रै कोरोना जोखिमको अवस्थामा आवश्यक सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त रहेको उनले बताए ।

मुस्ताङको वारागुङ ,थासाङ र घरपझोङ गापाका किसानले कोरोनाले सिर्जित बन्दाबन्दीमा जौ काट्ने र आलु चुल्याउने,आलु खेतीमा औषधि छर्ने , जौ काटेको खेतमा मकै ,फापर छर्ने , खेतबारी खनजोत गर्ने र स्याउ बगैचाहरुको स्याहार सुसार र व्यवस्थापन गर्ने लगायतका कामहरु गरिहेका छन् । 

तर ,कतिपय गाउँहरुमा स्थानीय तहको निगरानी नहुँदा संक्रमित व्यक्तिहरु लापरवाही गर्दै खेतीपातीको काममा जुटेका छन् ।यसले संक्रमण जोखिम निम्त्याउनेसक्ने आंशका स्थानीयको छ ।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठ र असार महिनामा जौ र उवा थन्क्याउन मुस्ताङीलाई भ्याई/नभ्याई हुने गर्छ । समुन्द्री सतहदेखि २५ सय मिटरको चिसो मौसममा उत्पादन हुने मुस्ताङी अर्गानिक अन्नबाली पोखरा/काठमाडौंलगायतका सहरमा उक्तिकै माग हुने गर्छ । 

रैथाने बालीको रुपमा रहेको मुस्ताङमा उत्पादित अन्नबालीको मदिरा ,मर्चा र सातु जस्ता परिकार बनाएर स्थानीय किसानले बिक्री बितरण गर्ने गर्छन्। यसरी उत्पादन गरिएका सामाग्रीहरु कतिपयले घरखर्चका लागि भएपनि खेतीपाती गरेका छन् । 

मुस्ताङमा उत्पादित फलफुल ,अन्नबाली र तरकारी सहर बजारमा सहजै बिक्रि हुने भएको र कृषकले अपेक्षा गरेअनुसार सुहाउँदो मुल्य प्राप्त गर्ने सक्ने हुँदा मुस्ताङी किसानहरु कृषि व्यवसाय तर्फ आर्कर्षित भएका हुन् ।

कोरोना कहरले सुनसान बनेको मुस्ताङमा गत वैशाखदेखि शैक्षिक संस्था ,पर्यटन व्यवसाय र विकास निर्माणकार्य प्रभावित हुदा स्कुले विद्यार्थीदेखि जिल्ला बाहिरका मजदुर समेत खेतीपातीको कामकाजमा जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.