आजबाट प्रदेश १ को बजेट अधिवेशन सुरु

आजबाट प्रदेश १ को बजेट अधिवेशन सुरु

विराटनगर : प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार दिउँसो २ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ । आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ ।

आइतबारमात्रै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद सचिवालयले माओवादी केन्द्रलाई प्रतिपक्षको लाइनमा सिट व्यवस्थापन गरेको छ । प्रदेशसभा सचिवालयले संसद बैठकका लागि आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ । 

बैठकमा सहभागी हुने प्रदेशसभाका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय बिटका पत्रकारहरुको शनिबार र आइतबार कोरोना पीसीआर परीक्षण गरेको र नेगेटिभ रिपोर्ट आएकालाई मात्रै आज उपस्थित हुनेछन्।

परीक्षण गरिएका मध्ये एक सांसदसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ । शनिबार गरिएको स्वाब परीक्षणमा संसद सचिवालयका एकजना चालक, एक माली, दुईजना मर्यादापालक र एक पत्रकारलाई कोरोना पुष्टि भएको छ ।

त्यसैगरी आइतबार गरिएको परीक्षणमा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाको रिपोर्ट पोजेटिभ आएको छ । सांसद साम्बाले एक महिनाअघि नै संक्रमित भएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेपनि रिपोर्ट पोजेटिभ आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.