ओली अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्छ : चित्रबहादुर केसी

ओली अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्छ : चित्रबहादुर केसी

दाङ : केपी ओली सरकारको अधिनायकवादका विरुद्धमा डटेर लडनु पर्ने अवस्था आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । 

उनले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमविरुद्ध संयुक्त रुपमा आन्दोलनको आवश्यकता रहेको बताए ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आवश्यकता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसी यस्तो बताएका हुन् ।

नेपाली जनताले संघर्ष र लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेको हुँदा यसको रक्षामा जुट्नु पर्ने बेला आएको बताए । 

‘ओली सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडि पर्दैन्न भन्ने कुरा अब प्रस्ट भइसकेको छ’, उनले भने, ‘यो अवस्थामा हामी सबै एक भएर संयुक्तरुपमा जुटेर लोकतन्त्रको रक्षा गर्नु पर्छ ।’

नेपालमा राणा, राजा, पन्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेको भन्दै उनले ओलीको अधिनायकवाद पनि यसै गरी हट्ने विश्वास व्यक्त गरेका छन् । 

जसपाका केही नेता मन्त्री बनेकोप्रति लक्षित गर्दै नेता केसीले नागरिकता नहुने सरकार सञ्चालक भएको बताए । ‘जसको नेपाली नागरिकता नै छैन उनै अब सरकार संचालक बन्दैछ्न्’, उनले भने, ‘यसैले पनि बुझाउछ देशको अवस्था कस्तो छ भन्ने कुरा ।’

 
अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइनसहित अगाडि बढाउन लागेको आरोप लगाए । यो कुरा सबैले बुझ्नुपर्छ र संयुक्त आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.