अलजजीरामाथि बारम्बार साइबर आक्रमण !

अलजजीरामाथि बारम्बार साइबर आक्रमण !

कतार: विश्वव्यापी रुपमा प्रभावशाली मिडिया अलजजीराले केही दिनदेखि आफूहरुमाथि साइबर आक्रमण हुँदैआएको जनाएको छ ।

पछिल्लो समय अल जजीराको वेबसाइट बारम्बार ह्याक गर्ने प्रयास भएको समेत बताइएको छ । यसका केही न्युज प्लेटफर्ममा पहुँच, अवरोध र नियन्त्रण गर्ने उद्देश्यले बारम्बार रुपमा विद्युतीय आक्रमण भएको अल जजीराले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो शनिबारदेखि मंगलबारसम्म यस्ता आक्रमण प्रयास तिब्र रुपमा भएको बताइएको छ । तर ती आक्रमण र ह्याकिङ प्रयासलाई अल जजीराले आफ्नो सर्भिस प्रोभाइडरबाट रोक्न सफल भएको समेत जनाएको छ ।

बुधबार अल जजीराले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । विज्ञप्ति अनुसार आक्रमणको उच्च रुप आइतबार अल जजीराको अरेबिक युट्युब च्यानलमार्फत इजरायली र प्यालेस्टाइनी अतिवादी समूहबीचको वार्ताबारे डकुमेन्ट्री देखाउने क्रममा भएको थियो । कतारको सरकारी मिडिया क्यूएनए ह्याक भएपछि अल जजीराले ठूलो मात्रामा साइबर आक्रमणको सामना गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.