रोकिएन राप्तीमा अवैध दोहन

रोकिएन राप्तीमा अवैध दोहन

दाङ : दाङको राप्ती नदीमा मापदण्ड विपरित दोहन बढाइएको छ । निरन्तर रुपमा नदीमा नीति विपरित नदीजन्य वस्तुको दोहन भइरहेको छ ।  नीति मिचेर दोहन हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन भने मौन छ । स्थानीय प्रशासनले नदी दोहन रोक्ने प्रयास पनि गरेको छैन । 

कन्दाबन्दीको सुरुवातीदेखि समय देखिदै राप्तीमा बढेको दोहन अहिले पनि निरन्तर छ । जिल्लास्तरको अनुगमन भएपनि त्यसलाई रोक्ने प्रयास भने देखिँदैन । अनाधिकृत दोहनका कारण नदीमा ठूलाठूला खाल्डा र पोखरी बनेका छन् । 

गढवा गाउँपालिकाले राप्ती नदीको धर्मपुर घाटमा नदीजन्य पदार्थ उत्खनन्का लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड विपरित उत्खनन गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । 

गढवा गाउँपालिका वडा न ५ का धरमपुर, तकियापुर, बोधिपुर तथा मगहरमा अवैध दोहन भएको छ । गढवा गाउँपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको छ । ठेक्का लागे पनि ठेक्काको नीति विपरित उत्खनन भएको पालिकाले जनाएको छ । 

उत्खनन समयावधि सकिन लाग्दा मापदण्ड विपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्दै आएका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरुले तोकिएको स्थान भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको थाहा पाएपछि स्थानीयको विरोध गरि आन्दोलन समेत छन् ।

उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरु मापदण्ड विपरित उत्खनन् गर्न सक्रिय भएको स्थानीयले बताएका छन् । नदीमा नीति अनाधिकृतरुपमा उत्खनन् भए पछि स्थानीय समेत आन्दोलित भएका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरुले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेकोमा स्थानीयको विरोध गर्दै आएका थिए । 

‘सरकार आउँछ एक पटकलाई छोड्दिनुस भनेपछि यसभन्दा पहिले हामीले छोडिदिएका थियौं, स्थानीयले भने, 'तर अब कुनै पनि हालतमा बिना कारवाही छोडनु हुँदैन । नदी दोहन मात्रै नभएर ७८ मिटर तटबन्धको तारजाली काटेर समेत उत्खनन् गरिएको स्थानीय प्रकाश चौधरीले बताए । 

नदीजन्य पदार्थको उत्खननको लागि तयार गरिने वातावरणीय प्रभाव प्रतिवेदनमा ठूलो मेसिनको प्रयोग नगर्ने, उत्खननको गहिराइको निश्चित मापदण्ड विपरित नगर्ने, घाटको संरक्षण तथा धार परिवर्तन भन्ने कुरामा सजकता अपनाउँदै जाने भन्ने उल्लेख गरिएको हुन्छ । तर राप्तीको उत्खननमा भने सबै नियम विपरित दोहन गरिएको छ । 

अहिले सबै निर्माण कम्पनीले सम्झौता ठेक्का सम्झौताभन्दा ३४ गुणा बढी उत्खनन गरिसकेको धरमपुरका स्थानीय प्रकाश चौधरीले बताए । ठेकेदार कम्पनीले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गरिएको राप्ती तटबन्धनको समेत लगभग ७८ मिटर तार जाली काटेर समेत उत्खनन गरेको चौधरीको आरोप छ । 

व्यक्तिगत जग्गामा पनि उत्खनन् 

नदीसँगै पछिल्लो समय व्यक्तिगत जग्गामा समेत उत्खनन् गर्न भ्याएका छन् । ठेकेदारहरुले मनोमानी तरिकाले उत्खनन् गरेका छन्, शंकर चौधरीले भने', सरकारले लकडाउन गर्‍यो, जग्गाको सबै गिट्टी बालुवा चोरिसके । '

शंकरसँगै १५/१६ जनाको लगभग ४ बिगाहा व्यक्तिगत नम्बरी जग्गामा समेत अवैध उत्खनन् गरेको चौधरीले बताए । बिहान चार बजेदेखि नै राप्ती नदीमा डोजर ट्रिपर ट्याक्टरको भीड लाग्ने गरेको छ । 

दैनिक सयौंको संख्यामा ट्रिपरले नदीजन्य वस्तु ओसारी रहेका छन् भने दर्जनौं स्काभेटरबाट दोहन भइरहेको छ । मापदण्ड विपरित उत्खनन् गरेको ठहर भए कानुन बमोजिम कारवाही गरिने गढवा गाउँपालिका ५ का अध्यक्ष प्रकाश भण्डारीले बताए । नदीजन्य उत्खननको ठेक्का लिएका बसन्त कूवरले मापदण्डभित्र रहेर गाउँपालिकाले देखाएको स्थानमा उत्खनन् गरेको दावी गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.