अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

दाङ : सबै उपचार कोरोना केन्द्रित भइरहेका बेला अन्य बिरामीको उपचार सहजताका लागि प्रादेशिक अस्पताल तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

जिल्लाको राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकालाई ननकोभिड बिरामीको उपचार र प्रयोजनको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आग्रह नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा समन्वय र युएनएफपिएको सहयोगमा स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत नगेन्द्र अर्यालले जानकारी दिए । 

‘अन्य बिरामीको उपचारमा समस्या भयो, त्यसको निरन्ताका लागि प्राथमिक स्वास्थ्य सामग्री सहयोग गरिएको हो’ अर्यालले भने । सहयोग गरिएको स्वास्थ्य सामग्री  ११ नं को औषधि प्याकेज भएको जानकारी दिए । अस्पताललाई  औषधिका ३४ वटा बक्स सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारयण आचार्यले राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य पदम प्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिहलाई हस्तान्तरण गरेका हुन । 

स्थानीय तहलाई महिला सुरक्षा सामग्री 

तुलसीपुर उपमहानगरपालिकालाई महिला स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया शर्मालाई किशोरी किट ६० र डिग्नेटी किट ५० हस्तान्तण गरिएको नेपाल रेडक्रस सोसाइटी दाङमा प्रशासकीय अधिकृत विश्राम अधिकारीले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा शाखाका मन्त्री प्रकाश श्रीबन्द, सदस्य भिमलाल मरासिनी,कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वली, रेडक्रसका कार्यक्रम सयोजक जगत तामाङ लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा उपप्रमुख माया शर्माले नगरलाई आबश्यक सामग्री प्राप्त भएको भन्दै यसलाई सहि सदुपयोग गरिने बताइन । 

श्रीगाउँमा बेड र पीपीइइ सहयोग 

श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा विरामी बेड र पीपीइ सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिइएचपीको सहयोगमा तीनवटा बिरामी बेड र २५ वटा पीपीइ  सेट सहयोग गरिएको छ । अस्पतालका आवश्यकताको माग अनुसार सामग्री सहयोग गरिएको मन्त्री प्रकाश श्रीबन्दले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.