दाङमा एक वर्षमा ३७३६ युनिट रगत संकलन

दाङमा एक वर्षमा ३७३६ युनिट रगत संकलन

दाङ : जिल्लामा एक वर्षको अवधिमा ३ हजार ७ सय ३६ युनिट रगत संकलन भएको छ। रक्त सञ्चार केन्द्रका प्राविधिक ठाकुर पौडेलले स्वयम्सेवी रक्तदाता र अन्य दाताहरूबाट रगत संकलन भइरहेको बताए। भने झण्डै १४ प्रतिप्रतिशत श्रोतभर्ना (रिपलेस) गरेर संकलन भएको उनको भनाई छ। खपत ३ हजार ५ सय ९५ युनिट भएको रक्तसञ्चार केन्द्र दाङका ले जनाएको छ। 

सोमबार दिवसको अवसरका ५७ युनिट संकलन भएको छ। तुलसीपुर रक्तसञ्चार केन्द्रमा १६, घोराही रक्तसञ्चार केन्द्रमा ३६, लमही रक्तसञ्चार केन्द्रमा ५ युनिट रगत दिवसकै दिन संकलन भएको पौडेलले बताए।

दाङमा यसवर्ष घोराहीमा २३८३ युनिट, लमहीमा २९९ र तुलसीपुरमा १०५४ गरि ३७३६ युनिट रगत ब्यक्ति र संस्थागतरूपमा संकलन भएको छ। रगत खपत भने घोराहीमा २३३३ युनिट, लमहीमा ३३३ युनिट र तुलसीपुरमा ९२९ युनिट भएको केन्द्रले जनाएको छ। १८ वर्षमाथि उमेर पुगेका तर ४५ केजीदेखि माथि तौल समूहका व्यक्तिले ३/३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४/४ महिनामा ३ सय ५० एमएल रगतदान गर्न सक्छन्। यो रगत ३५ दिनभित्र प्रयोग गर्न सकिन्छ।

कम्पोनेन्ट ब्लडका लागि भने एक व्यक्तिबाट ४ सय ५० एमएल रक्त निकाल्नुपर्छ। यो रगतबाट ह्वाईट ब्लड सेल, रेड ब्लड सेल र प्लाज्मा बनाउने गरिन्छ। यसका लागि १८ वर्ष उमेर र ६० केजी समूहमाथिको व्यक्ति हुनुपर्ने हुन्छ। प्लाज्मा ६ महिना र ह्वाईट ब्लड सेल ४२ दिनभित्र खपत गरिसक्नुपर्ने हुन्छ। एकजना व्यक्तिबाट निकालिएको रगतको कम्पोनेन्टबाट तीनजनालाई सेवा दिन सकिन्छ।

रक्तदाता दिवसमा अन्तरक्रिया
सोमबार रक्तदाता दिवस मनाइएको छ। मानवीय सेवाको रूपमा लिइने रक्तदानलाई पछिल्लो समय दिवसकै रूपमा मनाउँदै आइएको जेठ ३१ गते अर्थात् १४ जुन विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले रक्तदान जीवनदान विषयक भर्चुअलमार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ।

विश्व रक्तदाता दिवसको अवसरमा शान्ति समाजले रक्तदान गर्दै आएका ब्यक्ति र संस्थागत संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। रक्तदाता घोराही निवासी दुर्गाप्रसाद चौधरीले रगतदान गर्ने कार्यलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए। समाजमा रक्तदान गर्दा शारीरिक रूपमा कमजोर भईन्छ भन्ने सोचका कारण अझै रक्तदान गर्ने संख्यामा बृद्धि हुन नसकेको उनको बुझाई छ। चौधरीले आफुले २६औँ पटक रक्तदान गरिसकेको जानकारी समेत दिए। 

तुलसीपुर नगर जेसीजका अध्यक्ष नारायण भट्टराईले रगतको अभावमा कसैले पनि ज्यान गुमान नपरोस् भन्ने उद्देश्यले रक्तसञ्चार केन्द्रमा जेसीजको तर्फबाट युवाहरूको नामावली र सम्पर्क नम्बर राखिएको बताए। जसलाई जुन ग्रुपको रगत आवश्यक पर्छ उसलाई तत्काल जेसीजमा आवद्ध युवाहरूले रगत उपलब्ध गराउँदै आएको बताए। 
रगत संकलनमा व्यक्तिको तौल, सुगर, प्रेसर, गम्भीर प्रकृतिका रोग भएकाबाट नहुने भएकाले चुनौती रहेको रक्तसञ्चार केन्द्र दाङले जनाएको छ। रक्तदाता दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेत, उच्चअदालत बार तुलसीपुरका अध्यक्ष रविन्द्र धिताल, शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपाली, नेपाल रेडक्रस सोसाइटी दाङका सदस्य भीमलाल मरासिनी, अपाङ्गता व्यक्ति यज्ञ विकलगायतले बोलेका थिए। समाज दाङका सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सहसचिव उषा गौतम र सहजीकरण सचिव निर्मला डाँगीले गरेकी थिइन्।

जसपाको रक्तदान
जनता समाजवादी पार्टी (जसपा) तुलसीपुर नगर कमिटीले सोमबार विश्व रक्तदान दिवसको अवसरमा रक्तदान गरेको छ। कोराना महामारीको समयमा बिरामीहरूलाई रगतको अति आवश्यक पर्ने भएकाले रक्तदान नगर कमिटीले रक्तदान कार्यक्रम गरेको तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महतराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.