बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ)

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ)

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले मंगलबार प्रदेशसभा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ। चालुतर्फ ४५ प्रतिशत,  पूँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ चार प्रतिशत बजेट विनियोजन गरिएको हो। 

उक्त खर्च व्यहोर्न कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजश्वबाट छ अर्ब ८२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। साथै संघीय सरकारबाट वित्तीय हस्तान्तरण र अनुदान गरी संघ १६ अर्ब ९२ करोड ६८ लाख, विविधबाट शीर्षकबाट एक अर्ब पाँच करोड ९ लाख रुपैयाँ र राजश्व बचतबाट ९ अर्ब दश करोड रुपैयाँ बजेट प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ। 

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बजेटमा प्रदेशभित्रका नागरिकलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्न दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश प्रमुख कोभिड खोप कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। साथै प्रदेश सरकार मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर प्रयोगशाला स्थापना गरिने भएको छ। 

कोभिडसहित विभिन्न कारणले रोजगारी गुमाएका तथा, विदेशबाट फर्किका र युवाका लागि ‘मेरो गाउँ उद्यम सहितको जिउने ठाउँ’ अभियान अन्तर्गत बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले बताए। उनका अनुसार सहुलियतपूर्ण ऋण प्रदान गर्ने कार्यक्रम निरन्तरताको लागि दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कोभिडका कारण आमा बुवा गुमाएका बालवालिकालाई मासिक तीन हजार रुपैयाँ र अन्य कारणले आमा बुवा गुमाएका बालबालिकाका लागि मासिक दुई हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बजेटमा उल्लेख छ। कोभिडकै कारण निधन भएका दोलखाका प्रदेशसभा सदस्य पशुपति चौँलागाईको स्मृतिमा चरिकोट अस्पतालको नाम पशुपति चौँलागाई स्मृति अस्पताल राखिने भएको छ।
 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल। तस्बिर : कृष्ण सारु मगर
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.