बीपी प्रतिष्ठानको बेथितिविरुद्ध सडकमा निस्किए चिकित्सक

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध सडकमा निस्किए चिकित्सक

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाको सुधारको माग गर्दै यहाँका चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा भएको भ्रष्टाचार र बेथितिविरुद्ध चिकित्सकले बुधवार मुसलधारे पानीमा छाता ओडेर विरोध र्‍याली निकाले। 

प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीको अगुवाइमा चिकित्सकले मंगलवारदेखि दैनिक आन्दोलन सुरु गरेका छन्। प्रतिष्ठानमा औषधि उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारवाही गर्न माग गर्दै चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन्।  प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सकले निकालेको र्‍याली क्याम गेट, बुध चोक  धनकुटे रोड, शिवमार्ग हँुदै प्रतिष्ठान परिक्रमा गरेको थियो। 

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गर्न माग गरेका थिए। त्यस पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका खरिद सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर छानविन थालेको छ। अख्तियारले छानविन थालेपछि प्रतिष्ठानका  उपकुलपति ज्ञानेन्द्र गिरीले डा. पाखरेललाई कारवाही गर्ने धम्कीसहितको स्पष्टीकरण सोधेपछि मंगलवारदेखि चिकित्सक आन्दोलनमा उत्रिएका छन्। 

आन्दोलनमा उत्रिएका चिकित्सकले उपकुलपति गिरीलाई नै स्पष्टीकरण सोधेका छन्। चिकित्सकले गिरीको प्राध्यापकको शैक्षिक प्रमाणपत्रसमेत सार्वजनिक गर्न माग गरेका छन्। भष्टाचार र बेथितिले थलिएको प्रतिष्ठान सुधार गर्न र दोषिलाई कारवाही गर्न माग गर्दा डाक्टरलाई स्पष्टीकरण सोधिएको भन्दै चिकित्सक आक्रोसित बनेका छन्। 

प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव सूर्यप्रसाद रिमालले प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार समक्ष माग गरेका छन्। उनले  प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको हितमा भन्दा पनि आर्थिक लाभ लिएर कानुन विपरितका काम गरेकोले प्रतिष्ठानको अवस्था कमजोर बनेको बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.