तुलसीपुरको पातु खोला बाढीको उच्च जोखिममा

तुलसीपुरको पातु खोला बाढीको उच्च जोखिममा

दाङ: एक सातादेखिको अविरल वर्षाका कारण दाङका धेरै क्षेत्रहरु डुवानमा परेका छन् ।

बस्ती र बजार समेत डुवान भएका छन् भने, कतिपय सडक, पुलपुलेसा बगेका छन् । यस्तै बाढी र पहिरोको उच्च जोखिममा दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि उच्च जोखिममा रहेको छ ।

राष्ट्रिय स्तरमा नै सबै भन्दा बढी जोखिम क्षेत्रको रुपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ ।

लामो समयदेखि खोलाकै रुपमा बगेको उक्त क्षेत्र नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयदेखि मानवीय अतिक्रमणमा परेको थियो । झण्डै १८/२० वर्षको अवधिका खोला कुलोमा परिणत भएको छ । बगर बजार र बस्तीमा परिणत भएको छ ।

पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्ण रुपमा बस्तीको रुपमा विकास भएपछि यो क्षेत्र उच्च जोखिममा देखिएको हो । मानवीय लापरवाहीका कारण अहिले यो क्षेत्र उच्च जोमिममा रहेको र यसका लागि सरकारले सुरक्षाको उपायहरु खोजिरहेको तुलसीपुर उपमहानगरपालिका वडा नं ९का वडा अध्यक्ष घनश्याम ढकालले बताए ।

उनले जनप्रतिनिधि विहीन अवस्थामा भूमाफियाको सक्रियताको कारण बगर बस्तीमा रुपान्तरण भएको र खोला नहरका परिणत भएको बताए । जनप्रतिनिधि नभएको बीचको १५ वर्षमा पातुखोलामा चलखेल भएको बताए । संरक्षणका लागि तीनै तहका सरकार जुटेको भए पनि त्यो पर्याप्त नभएको बताए ।

बाढीले विभिन्न सममा पुर्‍याएको क्षति र भविष्यमा गर्नसक्ने क्षतिको सम्भावित क्षेत्र हेर्दा यो क्षेत्र उच्च जोखिमपूर्ण स्थान रहेको स्थानीयहरुको भनाइ छ । प्रकृतिलाई मानवीय चुनौत दिइरहेकोले कालान्तरमा खोलाले आफ्नो लय समात्ने ठूलो जोखिम रहने स्थानीय नारायण भण्डारीले बताए ।

उनले विपतका नाममा त्यही क्षेत्रमा राज्यले पछि राहातको नाममा थुप्रै पैसा समेत खर्च गर्नु पर्ने अवस्था रहने भन्दै त्यो अवस्था आउन नदिन समयमा नै सोच्नुपर्ने बताए । यसमा अहिले नै सहज भएका सबै सुरक्षित हुने अवस्था आउने तर्क गरे ।

पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो । त्यो क्षेत्र केही वर्षदेखि दलदल क्षेत्र बनेकाले पहिरोको समेत उच्च जोखिम रहेको र पहिरो खस्ने वित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित रहने अवस्था छ । पातुखोला क्षेत्रमा मात्रै हजारै घरहरु निर्माण गरिएका छन् भने, दशौँ हजार मानिसहरु बसोबास गर्दैआएका छन् ।

स्थानीय पदम केसीले पातुखोला संरक्षणका लागि तटबन्धहरु निर्माण भइरहेको भए पनि जोखिम भने कम नभएको बताए । उनले बगरको बस्ती र बजार भएकाले जुनकुनै समयमा पनि समस्या आउन सक्ने उल्लेख गरे ।

तुलसीपुर उपमहानगरपालिका १ राम्रीको फेदीबाट उरहरीको सुकौरा बबइसम्म पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजी गर्न यसअघि नै प्रयास भएको थियो । यसका साथै भविस्यमा गर्ने क्षतिको विषयमा अध्ययन अनुसन्धान समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.