व्यापारीको मनोमानी चल्दैन : उद्योगमन्त्री यादव

व्यापारीको मनोमानी चल्दैन : उद्योगमन्त्री यादव

सिरहा : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन्।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार गृहजिल्ला सिरहा आएका मन्त्री यादवले यस्तो बताएका हुन्। ‘व्यवसायीको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन। म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ। देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन।’

ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दाबी गरे। जनतालाई हितहुने गरी सेवाभावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमिन हुने पनि मन्त्री यादवले बताए।

उद्योगी व्यवयासीको जायज माग सम्बोधनका लागि राज्यपछि नहट्ने उनको भनाइ छ। ‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु।’

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.