मुस्ताङको स्याउबारी जलमग्‍न

मुस्ताङको स्याउबारी जलमग्‍न

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँको स्याउबारीमा शुक्रबार राति बाढी पसेको छ। 

बेनी-जोमसोम मुख्य राजमार्गको कालिगण्डकी नदी पारी पूर्वतर्फ अवस्थित सौरु गाउँको स्याउबारीमा मध्यरातमा तम खोलाको बाढी पस्दा त्यहाँको स्याउबारी पुरै जलमग्न भएको छ।

थासाङ-२ का वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार मध्यरातमा तम खोलाको मुहानमा पहिरो गएकाले सौरु गाउँको स्याउबारीमा बाढी पसेको हो। तम खोलाको बाढीले सौरु गाउँका ७ घरधुरीको स्याउ बगैँचामा बालुवा, ग्रेग्रान र लेदो पसेर क्षति पुर्‍याएको वडाध्यक्ष हिराचनले उल्लेख गरे।

उनका अनुसार तम खोला बाढीले स्थानीय कुमार रोक्का मगरको ३ रोपनी, दिनेश दर्जीको १ रोपनी, टकबहादुर खत्रीको ३ रोपनी, प्रमिला तुलाचनको १ रोपनी, धनप्रसाद तुलाचनको आधा रोपनी, कृष्णकुमार थकालीको १ रोपनी र राजुप्रसाद गौचनको आधा रोपनी गरी कुल १० रोपनी क्षेत्रफलमा लगाइएको स्याउ, सिमी, आलु, मकै र गाँजर नष्ट भएको बताइएको छ।

बर्खायामको मौसममा बर्सेनी सौरु गाउँको तम खोलाको बाढीले स्थानीयलाई सास्ती दिँदै आएको छ। गत वर्ष पनि सौरु गाउँमा बाढी पस्दा स्याउबारी लगायत केही घरधुरी जलमग्न भएको वडाध्यक्ष हिराचनले उल्लेख गरे। 

आइतबारदेखि परेको अबिरल वर्षाका कारण तम खोलाको बाढीले नदी कटान सुरु गरेको थियो। सौरु गाउँका स्थानीय सोजन हिराचनले तम खोलाले नदी कटान सुरु गरेपछि स्थानीय गाउँबासीले लगातार ४ दिनसम्म श्रमदान गरी खोला तर्काउने काम गरेको भए पनि त्यो प्रयास असफल भएको जानकारी दिए।

सौरु गाउँको तम खोला कालीगण्डकी पारी भएकाले त्यहाँ खोलो तर्काउने डोजर लगायतका उपकरणले खोलो पन्छ्याउन सम्भव छैन। कालिगण्डकीको बाहव उच्च भएकाले उपरकणलाई चाहिने इन्धन पुर्याउनसमेत समस्या छ। कालिगण्डकी नदीको फराकिलो भू-भागमा झोलुगे पुल समेत नहुँदा बर्खायाममा सौरु गाउँका बासिन्दा कालिगण्डक वारपारमा गर्नबाट सास्ती भोग्नुपर्ने बाध्यता छ।

वर्षाले वारागुङ मुक्तिक्षेत्र-४ तिरी गाउँमा बाढी पस्दा त्यहाँ रहेका करिव ५ घरधुरी जलमग्न भएको थियो भने घरपझोङ-५ ढुम्बामा पहिरो जाँदा २ घर भत्किएको छ भने अन्य ७ घरमा आशिंक क्षति पुगेको छ। 

अविरल वर्षाले घरपझोङ-५ को ठिनी खोलाको बाढीले जोमसोम, ठिनी, ढुम्बाताल, छैरो र चिमाङ जोड्ने रिङरोड सडकलाई समेत क्षति पुर्‍याएको छ। अविरल वर्षाले घरपझोङ-४ जोमसोममा एक घर क्षति भएको छ भने दर्जनौ स्थानीयको ढुङ्गा र माटोले बनेका घरहरु जोखिममा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.