इटहरीका किसानलाई बोयर जातका बोका
धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाका किसानलाई बोयर जातको बोका वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाले अगुवा किसानलाई बाख्रा पालनमा आम्दानी बढाउने उद्देश्यले २१ वटा वोयर जातका वीऊवोका वितरण गरेको छ ।
बाख्रा पालन व्यवसाय गर्दै आएका कृषकहरुलाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बीउ बोका वितरण गरिन् । उनले १३ कृषि फार्म संचालन गरेका कृषक र आठ वटा बोका बाख्रा पकेट क्षेत्र लागु भएको इटहरीको १८ नम्बर वडाको सिंहदेवी कृषिशहकारी संस्थामा आबद्ध कृषी समुहलाई बोका वितरण गरेको बताइन्।
इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख दुर्गा श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फर्म संचालक कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको बताए । कृषि समुहमा वतरण गरिएको बोक खरिदमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका बाख्राका पाठी वितरण गर्ने कार्यक्रम रहेको उपमेयर गौतमले जानकारी दिइन् । उनले कृषकलाई वितरित गरिएको बोकाको मूल्य ५० हजारदेखि १ लाख ५० हजारसम्म रहेको बताइन् ।