प्रहरीद्वारा १५ वर्षीय किशोर कुटिए

प्रहरीद्वारा १५ वर्षीय किशोर कुटिए

जनकपुरधाम : धनुषामा प्रहरीद्वारा एक १५ वर्षीय किशोर कुटिएका छन्। धनुषाको शहिदनगर नगरपालिका यदूकुहा स्थित ईलाका प्रहरी कार्यालयमा किशोर कुटिएका हुन्। 

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई चोरीको आरोपमा कुटपिट गरी घाईते बनाएको पीडित परिवारको आरोप छ।

प्रहरीको कुटाईबाट घाईते किशोर बेहोस् भएपछि शनिबार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले बताए। उनले भने, ‘जसको घरमा चोरी भएको छ, उसको घर मेरो भतिजो सधैँ दूध पुर्‍याउन जान्थ्यो, शनिबार पनि गएको थियो, सधाझैं दूध पुर्‍याएर आयो, तर पछि १२ बजे प्रहरी चौकीमा लागेर सोधपुछ गर्नुको साटो पाईपले पिटियो।’

चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्‍याउन सधैँजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कुटेको बताए। किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ।  

यता किशोरका पिता शत्रोहन पण्डितले घरमा कोही नभएको बेला बोलाएर प्रहरी चौकीमा लगेर पिट्नु आफुहरुमाथि अन्याय भएको बताए। उनले भने, ‘सोधपुछ गर्नुथ्यो गर्‍यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाईपले पिटेको छ।’

गत शुक्रबार राति शहिदनगर ३ यदुकूहास्थित मनिष गुप्ताको घरमा चोरी भएको थियो। ईलाका प्रहरी कार्यालयको झण्डै सय मिटर दुरीमा रहेको स्थानमा चोरी भएको प्रहरी निरीक्षक संवित भण्डारीले जानकारी दिए। ‘चोरी भएको घरको सीसीटिभी फुटेजको आधारमा सोधपुछ गरिएपनि कुटपिट गरिएको छैन्’, उनले भने, ‘यहाँबाट अभिभावकले बुझेर लादा कुटपिट भएको थिएन, घर लैजादा लैजादै कसरी कुटपिट भयो ?’   
 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.