मोरङमा धमाधम रोपाईँ (फोटोफिचर)
विराटनगर : आज असार १५ । मोरङका कृषक धान रोपाईँमा व्यस्त छन् । मंगलबारसम्ममा मोरङमा १२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेति हुने क्षेत्रफलमध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको हो ।
आज विभिन्न स्थानमा दही चिउरा खाएर सामूहिकरुपमा समेत कृषकले धान रोपिरहेका छन् । प्रदेश १ मा भने हालसम्म १८ प्रतिशत धान रोपाई भएको छ । प्रदेश १ को मध्य पहाडि जिल्लामा सबैभन्दा बढी २८ प्रतिशत र सबै भन्दा कम तराईका जिल्लामा १४ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । धान रोप्नलाई ठिक्क पारिएको खेत।
प्रतिक्रिया दिनुहोस !
१