बीपीका उपकुलपति मापसे गरेर वार्तामा बसेपछि..(भिडियोसहित)

बीपीका उपकुलपति मापसे गरेर वार्तामा बसेपछि..(भिडियोसहित)

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरी वार्तामा बसेपछि प्रतिष्ठानमा तनाव भएको छ। प्रतिष्ठान सुधारको माग राखेर १५ दिनदेखि आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीका प्रतिनिधिलाई मंगलवार उपकुलपति गिरीले वार्तामा बोलाएर बबाल मच्चाएका हुन्। 

मंगलवार मात्र काठमाडौंबाट प्रतिष्ठान आएका उपकुलपति गिरीले आन्दोलनरत चिकित्सक र कर्मचारीलाई वार्ताको आह्वान गरे पश्चात आन्दोलनकारीका प्रतिनिधि वार्तामा बसेका थिए। उपकुलपतिको कार्यकक्षमा गिरीसँगै शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र आन्दोलनकारी चिकित्सकको तर्फबाट डा. विष्णु पोखरेल, सूर्यप्रसाद रिमाल, डा. पदम नेपाली डा. अमृत जैसी, डा. हरिचचन्द्र विष्ट र कर्मचारीको तर्फबाट राजीव हलुवाई, नर्सिङ स्टाफको तर्फबाट रिता पोखरेल लगायत वार्तामा बसेका थिए। 

वार्ता अगाडि बढाउने क्रममा उपकुलपति गिरी मादक पदार्थको नसाको सुरुमा आन्दोलनकारी चिकित्सक कर्मचारीलाई दुर्व्यवहार गर्न थालेपछि वार्ता भाँडिएको थियो। आफ्नो पदीय जिम्मेवारी बिर्सिएर मादक पदार्थ सेवन गरेर बसेपछि वार्तास्थलबाट बाहिरिनु परेको आन्दोलन संर्घष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए। उनले प्रतिष्ठानमा भष्टाचार भयो, प्रतिष्ठान सुधार गरौं भनेर आन्दोलन सुरु गर्दासमेत यहाँका पदाधिकारीले वास्ता नगरेको बताए। 

१५ दिनदेखि आन्दोलन गर्दा बल्लबल्ल वार्तामा बोलाएर उल्टै मादक पदार्थको नशाको सुरुमा थर्काउनेसँग वार्ता गर्नुको औचित्य नदेखेर वार्ताबाट बाहिरिएको प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले बताए। उनले प्रतिष्ठानको उपकुलपति जस्तो व्यक्तिले कार्यालय समयमा मादक पदार्थ सेवन गरे पश्चात उनको स्वास्थ्य परीक्षण गरी तत्काल बर्खास्ती नगरे आन्दोलन कडा पार्ने चेतावनी दिएका छन्। 

प्रतिष्ठानको कर्मचारी तदर्थ समितिका महासचिव राजीव हलुवाईले वार्ताको टेवलमा बसेका उपकुलपति गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको समेत स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। 

वार्तामा बसेका सबै पदाधिकारीको स्वास्थ्य परीक्षण गर्नुपर्ने आवाज उठेपछि गिरी वार्तास्थलबाट भाग्दै कार्यालय बाहिर आएका थिए। बाहिर आएका उनलाई आन्दोलनरत चिकित्सक र कर्मचारीले बाटो छेकेपछि उनलाई प्रहरीले प्रतिष्ठानबाट भगाउन खोजेको थियो। कर्मचारीले गेटमा ताला लगाएपछि पदाधिकारी थुनिएका थिए। 

स्वास्थ्य परीक्षण गर्न प्रहरीले नमानेपछि चिकित्सक र कर्मचारीले नाराबाजी गर्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रतिष्ठानका पदाधिकारीलाई चिकित्सक र कर्मचारीले नियन्त्रणमा लिए पश्चात सुरक्षाका लागि पुगेका इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले समेत स्वास्थ्य परीक्षण गर्न नमानेको भन्दै आन्दोलनकारी थप आक्रोसित भएका थिए। 

गिरीले मापसे गरेको विषयमा स्वास्थ्य परीक्षण नगरेको भए पनी उनी हिँड्दा खुट्टा ठिक ठाउँमा टेक्न समस्या भएको भिडियोमा देख्न सकिन्छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.