राजमार्गमा हरेक वर्ष सकस

राजमार्गमा हरेक वर्ष सकस

रौतहट : पूर्वपश्चिम राजमार्गको रौतहटस्थित चन्द्रनिगाहपुर बागमती सडकखण्डको  जंगलमा रहेको लच्का (कजवे)मा बाढी आउँदा यातायात आवागमनमा वर्षेनी समस्या हुँदै आएको छ।

बाढीको पानीको बहाव बढेकाले साना सवारी साधन मर्कामा परेका छन्। हरेक वर्ष असार र साउनमा कजवेमा समस्या हुने गरेको छ। पानीको निकासलाई व्यवस्थित नगर्दा समस्या आउने गरेको हो। हरेका वर्ष वर्षाको समयमा यातायात संचालनमा समस्या हुँदै आएको छ। सडकको अवस्था जानकारी नहुने मोटरसाइकल यात्रीहरु दुर्घटनामा पर्दै आएका छन्।

यो वर्ष पनि तीन दिनदेखि कजवेमा बाढी आएको छ। साना सवारी साधनमा यात्रा गर्ने जोखिममा छन्। इलाका प्रहरी कार्यालयले सो स्थानमा २४ सै घण्टा सयातायातलाई सुरक्षित रुपमा आवतजावत गराउन प्रहरी खटाएको छ।

यात्रुलाई सचेत गराउन तथा सवारी साधन आवतजावतमा सहयोग गर्नका लागी प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन्। कजवेमा बाढीका कारण यात्रु अफ्ठेरोमा पर्ने गरेकाले प्रहरीहरु राखिएको डिएसपी लामिछानेको भनाइ छ।

शुक्रबार दिउँसो बाढीमा लडेका मोटरसाइकल चालकलाई प्रहरीले उद्धार गरीरहेका थिए भने कयाँै मोटरसाइकल सुरक्षाकर्मीले ठेलेर वारपार गराइरहेका थिए।

मुख्य राजमार्गमा बाढी आउँदा सयौँ सवारी घटौंसम्म साधन रोकिनु पर्ने बाध्यता छ। राजमार्गबाट ५० मिटर दक्षिणतर्फ नहर छ,नहरको बाँधले बाढीको पानी रोकिने गर्छ। बाढीले  बर्षैनी समस्या हुँदा पनि समाधान खोजिएको देखिँदैन।  बर्षेनी ठूलो समस्या आउने गरेको भए पनि समाधानको लागि उपायहरु नसोचेको चालकको गुनासो छ।

बाढीमा माेटरसाइकल यात्रा तस्बिर : फणि महत 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.