घनाबस्तीमा जंगली हात्ती देखिएपछि स्थानीय त्रसित

घनाबस्तीमा जंगली हात्ती देखिएपछि स्थानीय त्रसित

रौतहट : वनक्षेत्रबाट रौतहटको घनाबस्तीमा जंगली हात्ती पसेपछि स्थानीय त्रसित भएका छन् । शनिबार बिहान देवाहीगोनाही नगरपालिकाको कर्कचटोलमा देखापरेको  एउटा जंगली हात्ती शिवनगर बजार हुँदै माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा पुगेको छ ।

हात्तीले शिवनगरको एक घरमा क्षति पुर्‍याएको छ भने मिठुअवामा केही व्यक्तिको भकारी फुटाएर धान खाएको छ । वनक्षेत्रबाट करिब ३० किलोमिटर टाढा बस्तीहरुमा हात्ती देखिएपछि गाउँमा त्रास देखिएको छ ।
बस्तीमा जंगली हात्ती देखेपछि स्थानीयले बिहानै प्रहरीलाई खबर गरेका थिए । हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा पुगेको स्थानीयले बताएका छन् ।

हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुन्जको टोली हात्ती रहेको स्थानमा गएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.