बीपीको बेथितिविरुद्ध किन बोल्दैनन् कुलपति ?

बीपीको बेथितिविरुद्ध किन बोल्दैनन् कुलपति ?

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध बोल्न र वर्तमान  समस्या समाधान गर्न प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराइएको छ।

 
आइतबार प्रतिष्ठानका  चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले धरानमा बृहत विरोध प्रर्दशन गरेका छन्। २० दिनदेखि आन्दोलन गरिरहेका उनीहरुले धरानमा जुलुस निकालेर प्रतिष्ठानका चारजना पदाधिकारीको राजीनामासमा समेत माग गरेका छन्। 

आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले शिक्षा र स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा राजनीतिकरण बन्द गर्न समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्। पछिल्लो समय बीपी प्रतिष्ठान राजनीतिक हस्तक्षेपको सिकार बनेको भन्दै प्रतिष्ठान बचाउन २० दिनदेखि आन्दोलन गर्नु परेको संर्घष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए। 

संयुक्त संघर्ष समितिको अगुवाइमा बीपी प्रतिष्ठानबाट निस्किएको विरोध जुलुस धरानको बुद्ध चोक, धनकुटे रोड, भोटेपुल, बुद्धमार्ग, भानु चोक, पुतली लाइन, राँगा चोक हुँदै बजार परिक्रमा गरेको थियो। 

आन्दोलनरत चिकित्सक तथा कर्मचारीले शिक्षा तथाा स्वास्थ्यमा हुने चरम राजनीतिकरण बन्द गर्नुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको छानविन गरी दोषी उपर कारवाही गर्नुपर्ने, उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन्। 

संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठान सुधारको माग राखेर दामो समयदेखि आन्दोलन गर्दासमेत चिकित्सक र कर्मचारीका माग पुरा नभएको भन्दै प्रतिष्ठानका सबै चिकित्सक, कर्मचारीहरुले मंगलवार सामूहिक राजिनामा दिने चेतावनी दिएका छन्। 

प्रतिष्ठानको कर्मचारी तर्दर्थ समितिका महासचिव मदन हलुवाईले बीपी प्रतिष्ठानका पदाधिकारीहरु प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितता गर्न सक्रिय रहेका कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बताए। प्रतिष्ठानका विभिन्न उपकरण, औषधि खरिद गर्दा अनियमितता गरेका प्रतिष्ठानका पदाधिकारीले नैतिककताका आधारमा पदमा बस्न नहुने भन्दै तत्काल राजीनामा नदिए प्रतिष्ठानकै चिकित्सक र कर्मचारीहरुले कारवाही गर्ने चेतावनी दिएका छन्।
 
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै विरोध गरेका छन्। 

प्रतिष्ठानका उपकुलपति गिरी र निर्देशक साहले कोभिड अस्पतालमा खरिद गरिएको आईसीयू र भेण्टिलेटर बेडमा समेत १ करोड ५० लाख भ्रष्टचार गरेको अडियो सार्वजनिक भएको छ। प्रतिष्ठानको जुनियर रेसिडेण्ट वल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले १ करोड ५० लाख भ्रष्टचार अडियो काण्डको तत्काल छानविन गरेर दोषी  उपर कारवाही अगाडी बढाउन माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.