गौरवपूर्ण ऊर्जा उत्पादन

गौरवपूर्ण ऊर्जा उत्पादन

काठमाडौं : ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली सोमबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ। यो स्वदेशी लगानीमा बनेको नेपालकै पहिलो जलविद्युत् आयोजना हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका छन्। राष्ट्रिय गौरवको यो आयोजनाका ६ वटा युनिट छन्। बाँकी युनिट १५–१५ दिनमा गरी भदौसम्ममा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए। 

दुई युनिटबाट असार मसान्तसम्ममा १५२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ। उत्पादित विद्युत् गोंगरस्थित विद्युत्गृहबाट ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट खिम्ती सबस्टेसन पुर्‍याइएको छ। उक्त सबस्टेसनबाट ढल्केबरस्थित ४४०/२२० केभी सबस्टेसनमा पुर्‍याई वितरण गरिएको छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले असार मसान्तसम्ममा खिम्ती सबस्टेसनमा रहेका ट्रान्सफर्मर चार्जपछि त्यहाँबाटै विद्युत् वितरण गर्न सकिने जानकारी दिए। 

२२०/१३२ केभीको ट्रान्सफर चार्जपछि ती ट्रान्सफरबाट ढल्केवरमा २२० केभी लाइनमा तामाकोसीको उत्पादित बिजुली जान सक्छ। यस्तै, काठमाडौंमा ३२ केभीको खिम्ती–लामासाँघु प्रसारण लाइनमार्फत आवश्यकताअनुसार आपूर्ति हुन सक्छ। भदौ मसान्तसम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन गरी ४५६ मेगावाट राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेको भनाइ छ।

ग्रिडको आवश्यकताअनुसार विद्युत् उत्पादन गरिने भएको छ। आयोजनाको वित्तीय प्रतिवेदनले आयोजना निर्माणको लागत करिब ३५ अर्ब रुपैयाँ २९ करोड रुपैयाँ (४४१ मिलियन अमेरिकी डलर) आकलन गरेको थियो। 

६ वर्ष अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको लागत अनुमान गरिएको तत्कालीन आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले बताए। ६ वर्षमा आयोजना सम्पन्न हुने अनुमान १४ अर्ब ब्याज लाग्ने पहिलो प्रक्षेपण थियो। २०७३ सालमा निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य लिइए पनि मुख्य सुरुङको डिजाइन परिवर्तन, भूकम्प, नाकाबन्दी, कामदारको अवरोध, कोरोना महामारीजस्ता कारणले आयोजना पाँच वर्षपछि धकलिएको हो। 

निर्माणमा ढलाइका कारण आयोजनाको लागत बैंकको ब्याजसहित करिब ८५ अर्ब रुपैयाँ पुगेको छ। गोंगरबाट खिम्तीसम्मको ४७.२ किलोमिटर प्रसारण लाइनको लागतसमेत यसमा नै जोडिएको छ।  निर्माण अवधी लम्बिन जाँदा आयोजनाको बैंक ब्याज करिब ३२ अर्ब पुगेको छ। साँवा लागत करिब ५२ अर्ब पुगेको प्रवक्ता न्यौपानेको भनाइ छ। लागत अनुमान गर्दा सुरुमा अमेरिकी डलरको विनिमयदर ८० रुपैयाँसम्म हुने अनुमान थियो।

 अहिले १२० भन्दा माथि जाँदा साढे ७ अर्ब रकम डलरको उतारचढावले फरक परेको छ। साढे ३ अर्बको मूल्य समायोजन छ। कुल गर्दा करिब ८५ अर्बमा आयोजना पूर्ण क्षमतामा निर्माण सम्पन्न हुने जनाइएको छ। ८ सय २२ मिटर उचाइको हेड भएको आयोजनको वार्षिक उत्पादन करिब साढे ९ अर्ब युनिटको छ भने विनियमदर एभरेजमा ४ रुपैयाँ ६ पैसा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.