मन्त्रालयको टोलीले समेत समाधान गर्न सकेन बीपी प्रतिष्ठानको समस्या

मन्त्रालयको टोलीले समेत समाधान गर्न सकेन बीपी प्रतिष्ठानको समस्या

धरान : स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयको टोलीले समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सकेन। २२ दिनदेखि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले आन्दोलन जारी राखेपछि सोमबार बेलुका मन्त्रालयबाट दुई  सदस्य टोली प्रतिष्ठान आएको थियो। 

मन्त्रालयको आन्दोलनरत पक्ष र चार पदाधिकारीलाई वार्ताको टेबलमा राख्न नसकेपछि  प्रतिष्ठानमा देखिएको समस्या समाधानमा सकस देखिएको छ।  

स्वास्थ्य मन्त्रालयको प्रतिनिधिका रुपमा डा. रोशन पोखरेल र डा. मदन उपाध्यायको टोलीले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यव्स्थापन पक्षसँग छुट्टाछुट्टै छलफल गरेर तत्काल प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन दिएको थियो। तर वार्तामा बस्न आन्दोलनरत चिकित्सक र कर्मचारी सहमत नभए पश्चात समस्या जीवितै रहेको बताइएको छ। प्रतिष्ठानका चारजना पदाधिकारीको राजीनामा, भ्रष्टाचारको छानविन गरी दोषी उपर कारवाहीको माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सक कर्मचारीले स्वास्थ्य मन्त्रालयको टोलीको आग्रहलाई वार्तामा बस्न अस्वीकार गरेका छन्। 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह जिम्मेवार नभएको भन्दै उनीहरुसँग कुनै पनि हालतमा वार्तामा नबस्ने जानकारी गराएको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताए। 

आन्दोलनकारीले प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उच्च स्तरीय वार्ता समिति गठन गरी प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न संर्घष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए। 

उनले  प्रतिष्ठानको उपकुलपति मादक पदार्थ सेवन गरेर कार्यालयमा अर्मयादित कार्यगर्दा समेत सरकारले उनीविरुद्ध कारवाही नगर्नु अर्को कमजोरी भएको बताए । 

आन्दोलनकारीले मेडिकल शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गरिरहेको देशकै अग्रणी संस्था बीपी प्रतिष्ठानलाई धरासायी बनाउन बर्तमान चारजना पदाधिकारीको मुख्य हात रहेको भन्दै तत्काल उच्च स्तरीय छानविन गठन गरी दोषी उपर कारवाही गर्न सरकारसमक्ष माग गरेका छन् । 
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.