बजारमा मुखुण्डो

बजारमा मुखुण्डो

अब छोड्नुस् राजनीति साजनीति ! भाषण गर्न छाड्नुस् ! वक्तव्य निकाल्न छाड्नुस् ! सभा–सम्मेलनमा भाग लिन छाड्नुस् ! उद्घाटन शिविरमा रिवन काट्न छाड्नुस् ! पुल–भवन आदि इत्यादिको शिलान्यास गर्न छाड्नुस् ! चुनाव–सुनावको तैयारी पनि छोड्नुस् !के छ र जाबो त्यो राजनीतिमा ! धत्, कति बोल्नुहुन्छ भूmठ ?छिः कति छोप्नुहुन्छ लाज ? साँच्चै केही पनि बाँकी छैन राजनीतिमा, छ भने केवल बेइज्जती बाँकी छ, अनैतिकता बाँकी छ। अब राजनीतिबाट हुने वाला केही छैन।उपलब्धिशून्य यस्तो राजनीति गरेर समय किन खेर फाल्नुहुन्छ महाशय ? बरु एउटा राम्रो विकल्प बताउँछु। यो राजनीति छाडिहाल्नुस् ! छोडेर अब अर्को पेशा अँगाल्नुस् ! सोध्नुहोला, राजनीतिभन्दा राम्रो अर्को पेशा के हुन सक्छ ?... हुन सक्छ महाशय। हुन सक्छ मात्रै होइन, पक्कै छ नै। बडो मजाकोछ अर्को पेशा। लगाउनुस्तनागरिक अगुवाको मुखुण्डो ! बस्, यस्ता मूला राजनीति के राजनीति ! तपाईं आफंैलाई महसुस हुनेछ, ओहो ! यस्तो पो त पेशा ! राजनीति भन्ने शब्दलाई त पल्लो भित्ता पुर्‍याइदिन्छ यसले।

नागरिकअगुवाको मुखुण्डो लगाइसकेपछि तपाईंलाई बडो आनन्द आउँछ। जानुस्, बालुवाटार, सिंहदरबार परिसरमा वा माइतीघर मण्डलामा ! सरकारविरोधी दुई शब्द विद्रोह बोल्नुस् ! अझ आकर्षणका लागि कविता नै पढिदिनोस् ! अथवा केही बोलिराख्नै पर्दैन। उभिएरै, बाटो हिँड्ने नागरिकका आँखा पर्ने गरी, हैन त्यो कम भो, मिडियालाई जम्मा गरेर आकर्षण शैलीका ‘प्लेकार्ड’ प्रदर्शन गरिदिनुस् त ! बस्, काम तमाम। नागरिक अगुवा न ठहरिनुभो !सिधै नागरिकको हक–हितका लागि अघि लागेको पुष्टि भइहाल्छ तत्कालै। कतै नाम लेखाएर दर्ता गरिरहन पनि परेन। कुनै पार्टीको चवन्नी सदस्य बन्नु पनि परेन। कति सजिलो ! न त कुनै बटुवाले विरोध गर्ला भन्नु छ, न कुनै भोकाले तपाईंको भाग खोस्न आउला भन्नु छ। बडो आनन्द, बडो निस्फिक्री ! नागरिक अगुवा भइसकेपछि,देख्नेहरूका आँखामा ‘अति राष्ट्रवादी’।

नागरिक अगुवाको मुखुण्डो लगाइसकेपछि तपाईंलाई बडो आनन्द आउँछ। जानुस्, बालुवाटार, सिंहदरबार परिसरमा वा माइतीघर मण्डलामा ! सरकारविरोधी दुई शब्द विद्रोह बोल्नुस् !

मजा त त्यसबेला हुन्छ, जब प्रहरीको घेराबन्दीमा तपाईं तथाकथित ‘पक्राउ’ पर्नुहुन्छ र टेलिभिजनका पर्दाहरूमा देखाइनुहुन्छ। आहा ! त्यसपछि त..., तपाईंजस्ता नागरिक अगुवालाई पक्राउ गरेको विरोधमा कथित ‘मानवअधिकार’को वक्तव्य, सरकारलाई चेतावनीको ओइरो ! र, लगत्तै हिरासतबाट पूmलमालासहित मुक्त हुनुहुनेछतपाईं। त्यसबेला,नागरिकको नाममा लगाउनुभएको अगुवाको मुखुण्डो सुमसुम्याएर मनमनै मज्जाले मुस्कुराउनु हुनेछ।कथंकदाचित् राजनीति छाडेर तपाईंलाई यस प्रकारको नागरिक अगुवा हुन मन लागेनभने पनिठीकै छ, केही समस्या छैन, त्यस्तो अवस्थामा म अर्को पनि विकल्प बताउन सक्छु तपाईंलाई।
बीचमै एउटा सूचना !

यहाँ मैले केवल राजनीति गर्नेहरूलाई मात्रै सम्बोधन गरेको बुझिने हुँदा अन्य किसिमका पेशाकर्मीहरूका लागि मेरा यी भनाइहरूको कुनै अर्थ नलाग्न सक्छ। तर कुरो त्यसो होइन, यहाँ मैले भनेको राजनीति केवल राज्य चलाउने सत्तापक्ष र प्रतिपक्षको राजनीति मात्रै होइन, समाजका हरेक क्षेत्रमा चल्ने राजनीति हो। सोचविचार गरेर हेर्नुस् त ! राजनीति केवल राजनीतिमा मात्रै छैन। सर्वत्र छ। कहाँ छैन राजनीति ? धर्ममा छैन कि संस्कृतिमा छैन ? कार्यालयमा छैन कि भट्टीमा छैन ? विद्यालयमा छैन कि अस्पतालमा छैन ? खोलामा छैन कि जंगलमा छैन ? यस आधारमा सम्पूर्ण पेशाकर्मीलाई आह्वान गर्छु–
अखबारमा साहित्य लेख्ने वा रिपोर्टिङ गर्ने कलम छोडौं, 
स्कूल–कलेजमा पढाउने किताब छोडौं,
कालो कोट छोडौं, बिरामी जाँच्ने मेशनरी छोडौं,
हँसिया छोडौं। कोदालो छोडौं। हलो छोडौं। ट्याक्टर छोडौं। छोडौं, सम्पूर्ण किसानी छोडौं र लागौं अर्को पेशातर्फ ! 
हो, ठीक बुझ्नुभो, सबै छाडेर यो विकल्प समाउनुस्, बन्नुस् अभियन्ता ! सामाजिक अभियन्ता !

सामाजिक अभियन्ताको पगरी गुँथेर सबैभन्दा पहिलो काम, दुई हात जोड्दै देश–विदेशमा खबर गर्नुस्– ‘कोरोनाले खत्तम नै गर्‍यो। लौ न, यसो सहयोगको चाँजोपाँजो मिलाइदिनुस् !’ अथवा भन्नुस्– ‘बाढीपैह्रोले सर्वनाश गर्‍यो। पीडितहरूका लागि व्यवस्था मिलाइदिनु पर्‍यो।’ मतलब, डलर–सलररूपि आर्थिक सहयोग जुटाउनुस् ! बस्, आएको बात छैन, जति आउँछ– आइरहन्छ। हिसाब कसैलाई बुझाउनु पर्दैन। सरकारलाई ट्याक्स–स्याक्स बुझाइरहनु पर्दैन, बडो सुविधामुखी पेशा! दुई–चार बोरा चामल किन्नुस्, केही धार्नी आलु किन्नुस्, नुन–तेलका पाकेटहरू किन्नुस्र आवश्यक लागेका चाउचाउ, बिस्कुट, जुसलगायतकासामानहरू पनि किन्नुस् ! अनि किन्नुस् विभिन्न रङका पारदर्शी प्लास्टिकका झोला। अब सबै थोक भाग लगाएर तिनै प्लास्टिकमा हाल्ने काम सुरु गर्नुस् ! त्यति गरेपछि सबै सामान आफ्नो प्राइभेट गाडीमा हाल्नुस् रबिहानको खाना खाइसकेरघरबाट चल्नुस् कुनै पीडितहरू भएकातर्पm !... अँ, नबिर्सनुस् नि ! साथमा लैजानुस् एउटा पक्का फोटोग्राफर वा सम्भव भए कुनै मिडियालाई।

जब ‘राहत वितरण अभियान’को ब्यानर टाँगिएको तपाईंका गाडी सरर अगाडि बढ्छ, रोक्ने सामर्थ कसको ? सिधै, पहिचान गरेर पीडितको घरदैलो–टहरामा पुग्नुस्; सबभन्दा पहिले तिनलाई सुमसुम्याए जस्तो गर्नुस्, आँखाहरूमा पुछिदिए जस्तो गर्नुस् र ट्याक्क उभ्याउनुस् तिनलाई ! अब इशारा गर्नुस् अर्कोतर्फ! त्यताबाट ‘राहत’को एउटा प्याकेट तपाईंका हातमा आइपुग्छ, जुन प्याकेटमा के–के छ, बाहिरबाटै छ्याङ्गै देखिएकै हुन्छ। अब राहतको त्यो प्याकेट निश्चित गरिएको पीडितको हातमा थमाइदिनुस् ! याद गर्नोस्, त्यतिञ्जेल फोटोग्राफरले त्यो दृश्य ‘क्लिक’ गरिसकेको हुनुपर्छ। अझ, त्योभन्दा पनि महत्वपूर्ण कुरो, यी सबै क्रियाकलापको‘छायांकन’ भइरहेको छ कि छैन; ख्याल राखिराख्नुस् !

यसरी... दिनभर घुम्नुस्, गल्ली–गल्ली पुग्नुस्। साँझ घर फर्कनुस्, थकित–थकित खुइया... सुस्केरा हाल्दै भित्तामा झुन्ड्याइएको ठूलो ऐनामा आफ्नोअनुहार हेर्नुस्र मुसुक्क मुस्कुराउनुस् !
अभियन्ताज्यू ! सोध्न नबिर्सनु होला, आफ्नो प्रतिविम्बकोत्यो मुस्कान पीडितहरूका लागि हौसला हो कि व्यंग्य ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.