ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यू, दईजना घाइते

ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यू, दईजना घाइते

रौतहट : गएराति ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवाहीगोनाही नगरपालिका- ४ नदीपारीटोलका कबिन्द्र पटेल र पोखरियाटोलका गोविन्दा पटेल रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। दुर्घटनामा दुईजना घाइते भएका छन्।

राति करिब १२ बजेको समयमा देवाहीगोनाही नगरपालिका-४ नजिक रहेको लालबकैयां नदीको बाँधको बाटो भएर खेत जोत्न जाने क्रममा ना ४ त १५०७ नम्वरको ट्याक्टर पल्टिँदा च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते हुनेमा देवाहीगोनाही-४ नदिपारी बस्ने राकेश पटेल र कन्थ पटेल रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.