तेस्रो भेरिएन्टको तयारीमा अस्पताल
दाङ : कोरोना संक्रमणको तेस्रो भेरिएन्ट सुरु हुने आशंकासँगै दाङका अस्पतालमा तयारी थालिएको छ । जिल्लाका ठूला अस्पताल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर मेट्रो अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले तेस्रो भेरिएन्टको उपचारको तयारी थालेका हुन् ।
जिल्लामा कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बालबालिकाको उपचार केन्द्रित गरेर पूर्व तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा.विनोद सिहले जानकारी गराए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत बालबालिका केन्द्रित उपचारका लागि केन्द्रत हुन थालेको छ ।
तेस्रो भेरियन्टको यो अवस्थालाई मध्यनजर गरेर अस्पतालले आफ्नो खालको तयारी गरेको उनको भनाइ छ । संघीय र प्रदेश सरकारको सहयोगमा आइसीयु, पीआइसीयु बेडको व्यवस्थापन भइरहेको र दैनिक ७५ सिलिन्टर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट निर्माणको चरणमा रहेको बताए ।
राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालका मेसु सिहले तेस्रो भेरियण्ट बच्चाहरुमा केन्द्रित हुने अनुमान भए पछि उपचारलाई पनि त्यहि अनुसार केन्द्रित गर्न थालिएको बताए । उनले बालबालिकाको उपचारलाइृ केन्द्रित गरेर पिआसियु, एचडियु, आसीयु बेडहरुको व्यवस्थापन सुरु भएको र उपचारलाई बालबालिका केन्द्रित गर्ने योजना सहित काममा जुटेको बताए ।
त्यसै गरेर अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम समेत सुरु भएको बताए । त्यसका लागि संघीय सरकारले एक करोड पचास लाख रुपैया व्यवस्थापन गरेको छ । प्रादेशिक अस्पतालमा २५ बेड एचडियु, १५ बेड पिआइसियु बेड, १४ वटा भेन्टीलेटर बेड तयारी अवस्थामा रहेकोे मेसु डा सिहले बताए । उनले सय वेड जनरल बेड तयारी अबस्थाका रहेको जानकारी दिए । उनले यसका लागि संघीय सरकारबाट एचडियु बेडका लागि ३ करोड, पिआइसियु बेडको लागि ९ करोड र अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख रुपैयाँ अस्पतालमा आएको हो । अस्पताल पूर्ण तयारीमा भए पनि जागरुपता सचेतना र स्वास्थ्य सुरक्षाका लागि सबै सजक हुनु पर्ने बताए ।
दोस्रो भेरियन्ट अन्त्य नहुदै तेस्रो सुरु भएको होकी भन्ने अबस्था आएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले अहिले केहि बच्चाहरुमा समेत कोरोना देखिएर अस्पतालमा उपचार भइरहेको बताए । तुलसीपुरमा पछिल्लो समय पाँचजना बच्चामा कोरोना संक्रमण भइसकेको छ । उनीहरुको तुलसीपुर मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बच्चाहरुमा कोरोना संक्रमण देखिन थालेपछि नगरमा उच्च स्तरमा तयारी थालिएको केसीले बताए ।
घटेन लापरबाही
कोरोनाको दोस्रो भेरियन्टको संक्रममण केही कम भएको छ । सरकारले निषेधाज्ञालाई स्माट गराउँदै गए पछि नागरिकहरु पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेर स्मार्ट लापरबाहीमा देखिन्छन । दोस्रो भेरिएन्टको अन्त्य नहुँदै तेस्रो भेरियन्टको चर्चा आएको भए पनि आम नागरिकमा लापरवाही बढी नै देखिएको छ । दाङका बजारहरुमा नागरिकको लापरवाही धेरै नै देखिन थालेको छ । बजार हिड्दा होस या सरकारले उपलब्ध गराएको कोरोना खोपको अबस्थामा होस लापरबाही अत्यधिक देखिएको छ ।
कोरोनाको दोस्रो लहर विस्तारै कमभएको भन्दै जनजीवन सामान्य अबस्थामा फर्किएको देखिन्छ । परिक्षण र संक्रमणदर कम हुँदै जाँदा बजार तथा सार्वजनिक यातायातका सवारी साधन संचालनमा छन । सार्वजनिक यातायतामा मापदण्ड तोकिएको भए पनि त्यो कार्यान्वयल भएको छैन । जोखिम भने घटेको छैन । अझ बढेको देखिन्छ ।
स्थानीय व्यवसायीहरुले भने कोरोनाबाट सुरक्षित हुन आफै सजक हुनु पर्ने आफै ख्यान गनु पर्ने बताएका छन । तेस्रो भेरियन्टको व्यबस्थापनकोलागि स्थानीय सरकारले नयाँ तवरले काम गर्नुपर्ने र सुरक्षित हुने वातावरण बनाउन आग्रह गरेका छन । सबैक्षेत्र विस्तारै खुल्दै जाँदा लापरबाही पनि बढेको छ । लापरबाहीले जोखिम पनि बढेको छ ।