दाङमा प्रतिबन्धित जरायोको सिङसहित तीन पक्राउ
दाङ: दाङमा प्रतिबन्धित जरायोको सिङ सहित ३ जना पक्राउ परेका छन् ।
प्रतिबन्धित जरायोको सिङ बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु आर्यालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई तुलसीपुर–८ गहतेखोलाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बबइ गाउँपालिका–१ बस्ने २२ वर्षीय जीवन घर्ती, वडा नम्वर ४ हापुरे बस्ने ३९ वर्षीय ईन्द्र बहादुर केसी र सल्यान शारदा नगरपालिका ४ बस्ने २२ वर्षीय विनोद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले जरायोको दुईवटा सिङ बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रतिबन्धित वन्यजन्तु (जरायो)ओखेटोपहार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।