उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता, महन्थले नयाँ दल दर्ता गर्नुपर्ने
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। सोमबार निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको हो।
जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भए रित पुर्याएर निवेदनसहित आउनुपर्ने छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा रहेको इजलास गठन भएको थियो।
कुन नेता कता ?
उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन
महन्थ ठाकुर पक्ष
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा
तटस्थ
१ रेशम चौधरी