काभ्रेभीरमा पहिरो जाँदा बेनी-जोमसोम अवरुद्ध

काभ्रेभीरमा पहिरो जाँदा बेनी-जोमसोम अवरुद्ध

जोमसोम: अविरल वर्षाका कारण आइतबार राति आएको पहिरोले राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।

पहिरोले बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक अवरुद्ध बनेको हो । पहिरोले म्याग्दी हुँदै मुस्ताङ जोड्ने काभ्रेभीर सडकको करिव ५० देखि ६० मिटर सडकमा पहिरो खसेको हो ।

यस्तै, सोही स्थानको तुरतुरे धारा नजिकको सडकमा समेत २० मिटर सडक भासिएको छ भने अन्नपूर्ण गापा-३ काभ्रे गाउँ नजिकको सडकमा समेत सडक भासिएको बेनी-जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै बेनी हुँदै मुस्ताङ आउजाउ गर्ने यात्रुवाहक सवारी तथा मालवाहक सवारी साधन गन्तव्यमा पुग्न नसकी बीचमै रोकिएका छन् । राष्ट्रिय गौरवको प्याकेज नम्बर-२ अन्तर्गत पर्ने म्याग्दी र मुस्ताङको सीमा काभ्रेभीर सडक सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त स्थान मानिन्छ । यहाँ करिडोरले १६ सय मिटर सडकमा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । बर्सेनी बर्खायामको मौसममा यहाँ बाढीपहिरो र नदी कटानले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

आयोजनाका सुपरभाईजर शेरचनका अनुसार सो स्थानमा पहिरो पन्छ्याएर सडक आवागमन सूचारु गर्न केही दिन लाग्नसक्छ । “सडक पहिरोले पूरै पुरिएको छ, कतिपय ठाउँमा सडक बेस समेत छैन," सडक सुपरभाईजर शेरचनले भने “ सडक खुलाउन ब्लास्टिङ गर्नुपर्ने र आसपासको भासिएको स्थानमा सडक बेस उठाउनु पर्ने हुन्छ ।’ 

यस्तै अन्नपूर्ण गापा-३ कै रुप्से झरनामा समेत अविरल वर्षाले सडक हिलाम्मे हुने र पहिरो जाने गरेकाले पटक पटक सडक अवरुद्ध हुने गरेको सडक सुपरभाईजर शेरचनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.