सम्मानजनक एकतामा माधव पक्षको जोड

सम्मानजनक एकतामा माधव पक्षको जोड

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सम्मानजनक पार्टी एकताको पक्षमा जोड दिएको छ। नेपाल पक्षको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले पार्टी एकता गर्दा सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले  वरिष्ठ नेता नेपाल र झलनाथ खनालबिनाको पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका थिए। एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालबिना पार्टी एकता हुने भनी दिएको अभिव्यक्तिप्रति नेपाल पक्षधर नेताहरूले बैठकमा असन्तुष्टि जनाएका थिए। 

अध्यक्ष ओली पक्षले बैठक नगर्न निर्देशन दिए पनि बैठकमा नेपाल पक्षधर अधिकांश नेताहरू सहभागी थिए। सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे भने कोरोना कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा अनुपस्थित थिए। बैठकको प्रारम्भ गर्दै वरिष्ठ नेता नेपालले पार्टी एकताको टुंगो लगाउन निर्णायक छलफल भइरहेको जानकारी गराएका थिए । उनले आफूहरू एकताकै पक्षमा रहेको बताएका थिए। ‘एकताको प्रक्रिया र वार्ता अगाडि बढिरहेको छ। केही सहमति भएका छन्, केही विषयमा अझै वार्ता जारी छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले भने। 

नेपालको सम्बोधनपछि विघटित कार्यदलमा नेपाल पक्षका संयोजक एवं उपाध्यक्ष भीम रावलले एकताको पक्षमा भएका काम कारबाहीबारे प्रस्तुति गरेका थिए। उनले १० बुँदे सहमति गर्दाको पृष्ठभूमिको विषयमा पनि बैठकमा एक–एक गरेर विस्तृत जानकारी गराएका थिए।  नेपाल र रावलको धारणापछि अन्य केन्द्रीय सदस्यले एकताकै पक्षमा कुरा राखेका थिए। कतिपयले कार्यदल सदस्यलाई संकेत गर्दै आफ्नो समुहलाई ‘डुबाएर अर्को पक्षलाई फाइदा हुने काम नगर्न’ पनि चेतावनी दिएको एक केन्द्रीय सदस्यले बताए। केन्द्रीय सदस्य निरज आचार्यले अधिकांश सदस्यले पार्टी एकताकै पक्षमा धारणा राखेको बताए।  

केन्द्रीय सदस्य ठाकुर गैरेले केन्द्रीय समितिका सबै नेताको जोड पार्टी एकताकै पक्षमा रहेको बताए। एकता गर्दा १० बुँदे सहमति कार्यान्वयनको सुनिश्चिता हुनुपर्ने, लामो समयदेखिको आरोप प्रत्यारोपले सिर्जना गरेको दरारलाई विश्वासको वातावरणमा ल्याउन पहलकदमी हुनुपर्ने, एकताको पक्षमा ओली पक्षको पनि इमान्दार पहल हुनुपर्ने धारणा राखेका थिए। 
वरिष्ठ नेता नेपाल र अध्यक्ष अ‍ोलीबीच पावर सेयरिङको विषय पनि टुंगो लगाएर २०७५ जेठ २ को केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी एकताबद्ध गर्नुपर्नेमा जोड दिइएको केन्द्रीय सदस्य गैरेले बताए। बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले धारणा राखेका थिए। 

‘सरकारमा जाने कुरै आउँदैन’
स्थायी समिति सदस्य रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पक्ष सहभागी नहुने स्पष्ट पारे। उता देउवालाई विश्वासको मत दिएका नेपाल पक्षीय २२ मध्ये केही सांसद भने सरकारमा जानुपर्ने पक्षमा लविङ गरिरहेका छन्। 

बैठकले ओली पक्षलाई महाधिवेशन सम्बन्धी कार्य रोक्न आग्रह गरेको छ। नेपाल पक्षका कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा स्थानीय तहको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरूसँग आग्रह गरेको पन्तले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.