अवैध ढंगले चीन प्रवेश गर्न खोज्‍ने तिब्बती पक्राउ

अवैध ढंगले चीन प्रवेश गर्न खोज्‍ने तिब्बती पक्राउ

जोमसोम : मुस्ताङको कोरला नाकाबाट एक तिब्बती भिक्षु पक्राउ परेका छन् । मुस्ताङको उत्तरी कोरलानाका हुँदै चीनको स्वशासितक्षेत्र तिब्बत पस्न खोज्ने भिक्षु बिहिबार पक्राउ परेका हुन् । लामो समय भारत बस्दै आएका ४४ वर्षीय बौद्ध भिक्षु नवाङ छेकेलाई नेपालको उत्तरी कोरलानाका हुँदै लुकिछिपी तिब्बत पस्ने क्रममा कोरलानाकामा खटिएका चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

तिब्बती भिक्षु छेकेलाई अहिले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राखिएको छ । प्रहरीले उनलाई सम्बन्धित व्यक्तिको रोहबरमा जिम्मा लगाइने बताएको छ ।

खम्पा बिद्रोहपछि परिवार छोडेर भारत पसेका बौद्ध भिक्षु छेके परिवार भेट्न तिब्बत जान खोजेको प्रहरी समक्ष बताएका छन् । भौगोलिक रुपले विकट मुस्ताङको कोरलानाकाको ३१ नम्बर सीमास्तम्भबाट चिनियाँ सुरक्षाकर्मीको आँखा छलेर तिब्बत पस्न खोजेका थिए।

२०३१ सालमा भएको खम्पा बिद्रोहपछिको केही वर्षपछि तिब्बती भिक्षु नवाङ छेके सोही नाका हुँदै भारत पसेका थिए । नेपाली भूमि प्रयोग गरी उनी भाग्ने क्रममा त्यस समय नेपाल-चीन उत्तरी कोरलामा खुला सिमाना थियो ।

भारतमा निर्वासित जीवन बिताएका उनी पछिल्लो समय काठमाडाैंमा बस्दै आएको प्रहरी समक्ष उनले बताएका छन् । तिब्बतमा भएको खम्पा बिद्रोहपछि भारत पसेका उनी मुस्ताङको उत्तरी कोरलानाकास्थित ३१ नम्बर सीमा स्तम्भबाट लुकिछिपी तिब्बत पस्न खोजेका थिए । कोरलानाकामा खटिएका चिनियाँ सुरक्षाकर्मीले उनलाई देखेपछि तिब्बती भिक्षु छेके पक्राउ परेका हुन् ।

यता, कोरलानाकाबाट तिब्बती भिक्षु पक्राउ परेको घटना सत्य भएको मुस्ताङ प्रशासनले पुष्टि गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले लुकिछिपी तिब्बत पस्न खोजेका भिक्षुलाई नेपालतर्फ मुस्ताङ प्रशासनको जिम्मा लगाएको जानकारी दिए । उनलाई जुन स्थानबाट आएको सोही स्थानमा फर्काइने उनले बताए ।

मुस्ताङको उत्तरी कोरलानाकाको २४ नम्बर सीमास्तम्भ नजिकको तिब्बती भूमिमा चीनले अत्याधुनिक सीसी क्यामेरा जडान गरेको छ । सोही सीसी क्यामेरा ट्यापिङमा परेका उनलाई ३१ नम्बर सीमा स्तम्भबाट चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

अंग्रेजी र तिब्बती भाषा राम्रोसँग बोल्न जान्ने तिब्बती भिक्षु छेकेले नेपाली भाषा भने प्रष्ट बोल्न नसक्ने प्रहरीले बताएको छ। खम्पा बिद्रोहपछि मुस्ताङको उत्तरी कोरलानाका संवेदनशील नाकाको रुपमा लिने गरिएको छ । खम्पा बिद्रोहपछि चीनले कोरलानाका सुरक्षाकर्मी तैनाथ गरेको छ भने नाकामा तारबार समेत लगाएको छ ।

कोरलानाकाबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा मानव तस्कर तथा अवैध गतिविधि हुने गरेको जानकारहरु बताउँछन । तिब्बतमा खम्पा बिद्रोह हुँदा मुस्ताङको कैसाङमा खम्पाहरुको सैन्य हेडक्वाटर समेत थियो । त्यस समय मुस्ताङको भूमि प्रयोग गरी खम्पाहरुले चीन बिरोधी गतिविधि गर्ने गर्थे । त्यससमय चीनको दबावपछि राजा वीरेन्द्रको पालामा नेपाली सेनाले मुस्ताङबाट खम्पाहरुलाई विस्थापित गराइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.