मुस्ताङमा साताब्यापी मास्क अभियान

मुस्ताङमा साताब्यापी मास्क अभियान

जोमसोम: कोरोनाको तेश्रो भेरिएन्ट रोकथाम तथा नियन्त्रणका लागि सुरु भएको साताब्यापी 'नेपाल मास्क अभियान’ मा मुस्ताङका प्रमुख जिल्ला अधिकारी आफैँ स्थानीय स्तरमा खटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी, प्रशासन र स्थानीय तहको संयुक्त सहभागिता संञ्चालित मास्क अभियानमा मुस्ताङका सिडिओ श्रीनाथ पौडेल स्थानीय स्तरमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

'माहामारी नियन्त्रण तथा रोकथाममा मेरो प्रतिबद्धता, माक्स लगाउनु नै आजको आवश्यकता’ भन्ने नारासहित श्रावण २३ गतेदेखि सुरु भएको माक्स अभियानको चौथोदिन मंगलबार वारागुङ-३ छुसाङमा सिडिओ पौडेल आफैँ सरोकारवाला निकायसँग सहकार्य गर्दै नागरिकलाई मास्क लगाउन अनुरोध गरे ।

अभियान अन्तर्गत छुसाङका नागरिक तथा विभिन्नक्षेत्रमा काम गर्ने मजदुरलाई मास्क वितरण गरिएको हो ।अभियानको चरणमा जोमसोम कोरला सडकमै सिडिओ पौडेल, प्रहरी र स्वास्थ्य कार्यालयका कर्मचारीको टोलीले कोरोनाको तेश्रो लहर तथा यसबाट सुरक्षित रहन सकिने उपायका सम्वन्धमा नागरिकलाई सुसूचित गराएको छ ।

टोलीले कोरोनाको तेश्रो भेरिएन्टको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन समेत नागरिकलाई सुझाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । उनका अनुसार टोलीले नागरिकलाई निशुल्क हातहातमा मास्क वितरण गरेको छ भने स्वास्थ्य कार्यालयले गाउँगाउँका नागरिकलाई एन्टिजेन परिक्षण गरेको छ । मुस्ताङ प्रहरीले जिल्लाका ३ हजार ५ सय नागरिकलाई निशुल्क माक्स वितरण गरेको जनाएको छ ।

यस्तै, स्वास्थ्य कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङमा १ सय ४ जनाको एन्टिजेन परिक्षण गरेको हो । परिक्षण गराइएका मध्ये  ९ जनाको रिपोर्ट भने पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पोजिटिभ रिपोर्ट आएकामध्ये केहीले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् भने केहीले खोप लगाउन नपाएको बताइएको छ ।

छुसाङमा भएको 'माक्स अभियानमा’ प्रहरी स्वास्थ्यकर्मी र वडा तहका प्रतिनिधिको टोलीले स्थानीय नागरिक, सडकमा गाडी चलाउने चालक-सहचालक , विभिन्न कन्ट्रक्सनका मजदुर लगायतलाई माक्स वितरण गरेको वडा सदस्य धर्क गुरुङले जानकारी दिए ।

मुस्ताङमा पनि कोरोनाको तेश्रो लहरको त्रास बढिरहेको बेला सरोकारवाला निकायको टोली गाउँघरमै उपस्थित भइ जनचेतना अभिवृद्धि तथा माक्स वितरण गरिनु स्वागयोग्य कदम भएको वडा सदस्य गुरुङले उल्लेख गरे । छुसाङमा भएको कार्यक्रममा स्थानीयबासी र विभिन्नक्षेत्रमा कार्यरत मजदुरको उल्लेख्य सहभागी रहेको थियो । मास्क अभियानमा नागरिकलाई 'म पनि मास्क लगाउछु,माक्स लगाउन अरुलाई पनि प्रेरित गर्छु’ भन्ने सन्देशसहित जनचेतना अभिबृद्धि गरिएको थियो ।

हिमाली जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या पुनःबृद्धि हुन थालेको स्वास्थ्य कार्यालय मुस्ताङको भनाइ छ। मुस्ताङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न चरणमा ९ हजार २ सय ७४ जना नागरिकले कोभिसिल , भेरोसिल र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् । मुस्ताङका शतप्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको अवस्था रहेपनि कोरोना जोखिम भने कायम रहेको छ । मुस्ताङमा हालसम्म ५ सय ३७ जना कोरोना संक्रमित मध्ये ४ सय ६५ जना निको भइसकेका छन् । संक्रमितमध्ये १५ जना कोरानाका कारण ज्यान गुमाईसकेका छन् । जिल्लामा अहिले ३१ जना सक्रिय कोरोना संक्रमति छन् ।

हिमाली जिल्ला मुस्ताङमा चाडपर्व नजिकिँदै गरेको र बजारिकरणका लागि स्याउ ढुवानी गर्ने समय समेत सुरु हुन थालेकाले कोरोना जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङले गत बैशाख महिनादेखि चरणबद्ध रुपमा निषेधाज्ञा जारी गर्दै आईरहेको छ । कोरोनाका कारण प्रशासनले बैशाख ११ गतेदेखि मुक्तिनाथ मन्दिर बन्द गरेको थियो । मुक्तिनाथ बन्द भएसंगै यहाँको पर्यटन ब्यवसाय पूरै ठप्प छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.