भ्रष्टाचारका आवश्यक कागजपत्र खोज्दै अख्तियारको टोली, दोस्रो दिन पनि बीपीमा

भ्रष्टाचारका आवश्यक कागजपत्र खोज्दै अख्तियारको टोली, दोस्रो दिन पनि बीपीमा

धरान : भ्रष्टाचारको अखडा बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानविन प्रक्रियालाई जारी राखेको छ । २५ भन्दा बढी शीर्षकमा भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा शुक्रबार छापा मारेको थियो। आजपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालका बरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङ नेतृत्वको टोली प्रतिष्ठान आएर विभिन्न विभागीय प्रमुखलाई भेट गरी आर्थिक अनियमितता भएको विषयमा सोधपुछ गरेको छ ।

अख्तियारको टोलीले उजुरी परेका सबै विषयमा छानविन गरी आवश्यक कागजपत्र संकलन गरिरहेको छानविनमा आएका बरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङे बताए। अख्तियारको टोलीले प्रतिष्ठानमा भएका खरिद, ठेण्टर प्रक्रिया, कर्मचारी नियुक्ति र लेखा शाखाबाट भएको भुक्तानीको विषयका सबै कागजपत्र संकलन गर्ने काम भैरहको उनले जानकारी दिए । 

बीपी प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी,शिक्षाध्यक्ष डा. गुरु खनालर निर्देशक गौरीशंकर साहको मिलेमतोमा प्रतिष्ठानमा करौडौं रुपैयाँ आर्थिक अनियमितता गरिएको बताइएको छ। 

बीपी प्रतिष्ठान बर्तमान चारैजना पदाधिकारीहरु प्रतिष्ठानको हितमा भन्दा पनि आर्थिक अनियमितता गर्ने र प्रतिष्ठानलाई धरासायी बनाउने काममा सक्रिय रहेकाले यहाँका चिकित्सक र कर्मचारीहरुले दुई महिनादेखि पदाधिकारीलाई बर्खास्त गरी प्रतिष्ठानको आर्थिक अनियमितिाको छानविन गर्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनरत उनीहरुले शुक्रबार पनि प्रतिष्ठानमा बिहान ८ बजेदेखि १० बजेसम्म धर्ना दिएर भ्रष्ट्रचारमा संलग्न चारैजना पदाधिकारीसहित अन्य कर्मचारीलाई समेत छानविनको दायरमा ल्याएर कडा कारवाही गर्न माग गरेका छन् । 

प्रतिष्ठान शुद्धिकरण अभियान आन्दोलन संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानका पदाधिकारीसँगै आर्थिक अनियमिततामा संलग्न अन्य विभागीय प्रमुखलाई समेत अनुसन्धानको दायरामा ल्याएर छानविन गर्न माग गरेका छन् ।

देशकै अग्रणी र स्वास्थ्य शिक्षाको देशकै ठूलो संस्था बीपी प्रतिष्ठानलाई बचाउनकै लागि शुद्धिकरणको आन्दोलन थालिएको उनको भनाइ छ । डा. गिरीलाई तत्कालिन प्रधानमन्त्री केपी ओलीले उपकुलपतिमा र तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गरेका थिए ।

गिरी नियुक्त भएर आए लगत्तै प्रतिष्ठानमा आफ्ना मान्छे नियुक्त गरी प्रतिष्ठानलाई थप आर्थिक भार पारी धरासायी बनाएको संर्घष समितिका सदस्य बसन्त गेलालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.