बिहीबारदेखि बेपत्ता युवकको शव कालिगण्डकी किनारमा भेटियो

बिहीबारदेखि बेपत्ता युवकको शव कालिगण्डकी किनारमा भेटियो

जोमसोम: बिहीबार बिहानदेखि बेपत्ता एक युवाको शव मुस्ताङको थासाङ गापा-१ टुकुचेस्थित कालिगण्डकी नदी किनारमा भेटिएको छ ।

घरपझोङ गापा-२ मार्फास्थित एक डिस्टिलरी उद्योगमा काम गर्ने युवाको मृत शव कालिगण्डकी नदीमा शुक्रबार बिहान ११ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका-९ घर भई हाल घरपझोङ-२ मार्फा बस्ने ३४ वर्षीय रोशन समालको शव कालिगण्डकी नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

युवा बेपत्ता भएको सूचना पाएपछि उनका दाई गौतम समालको रोहबरमा प्रहरी निरीक्षक अधिकारीसहितको प्रहरी टोलीले खोजी गरेको थियो । मार्फास्थित डिस्टिलरी उद्योगमा कार्यरत युवा सोही उद्योग भएको स्थानको केही नजिकैबाट कालिगण्डकी नदीमा हाम्फालेको हुनसक्ने प्रहरीको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

प्रहरीले यसअघि खोजतलास गर्ने क्रममा युवाले प्रयोग गर्ने गरेको एक थान मोबाइल सेट र एकजोर चप्पल फेला पारेको थियो । मोबाइल र चप्पलको आधारमा खोजतलास गर्दै जाँदा थासाङ-१ टुकुचेस्थित कालिगण्डकी नदी बगरमा युवाको शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । युवाको शव अहिले प्रहरीले पोस्टमार्टमाका लागि जिल्ला अस्पताल जोमसोमको शव गृहमा लगेको छ । प्रहरीकमा अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.