'इतिहासमा इटहरी' सार्वजनिक

'इतिहासमा इटहरी' सार्वजनिक

धरान : इटहरीको इतिहास समेटेर पुस्तक ‘इतिहासमा इटहरी’विमोचन गरिएको छ । इटहरीमा एक कार्यक्रमकाबीच अग्रजहरुले उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकलाई इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकालाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गा दाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न विषयको इतिहासका साथै वर्तमान अवस्था र भावी सम्भावनासमेत समेटिएको पुस्तकका संकलक, सम्पादक हिमाल दाहालले जानकारी दिए ।

कार्यक्रममा इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्साल, पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसीलाई सम्मान समेत गरिएको थियो । लामो समयदेखि इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने कार्यमा सक्रिय रहेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै पूर्वमन्त्रीकुमार सुब्बाले पुस्तक इटहरीको लागि अमुल्य सम्पदा भएको बताए । यस्तै पूर्वमेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेको भए पुनर्लेखन गरेर समेट्न सुझाव दिए ।

इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी बन्नमा सबैको योगदान रहेको कुरा किताबमा समेटिएको पाइएको बताउँदै उनले इटहरीका विभिन्न स्थानहरुको नामांकरणबारे चर्चा गरे।

पुस्तकका संकलक तथा सम्पादक  दाहालले पाँचवर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको जानकारी दिए । उनले पुस्तकमा भएका कमीकमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्ने समेत बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.